Logo

नारायण नगरपालिका ६ द्धारा राहत वितरण

दैलेख –नारायण नगरपालिका वडा नं. ६ ले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै राहत वितरण गरेको छ । कोरोना संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि प्रभावित बनेका वडावासीलाई आइतवार वडा कार्यालयमा राहत वितरण गरिएको हो ।
नारायण नगरपालिका वडा नं. ६ ले अति विपन्न, असाहय र मजदुरवर्गका नागरिकको छाक गुजार्न मुस्कील परेका बेला राहत वितरण गरिएको नारायण नगरपालिका ६ का वडा अध्यक्ष प्रकाश न्यौपानेले बताए । नारायण नगरपालिकाले शनिवारदेखि त्यस्ता व्यक्तिलाई राहत वितरण कार्य थालेका वेला यस वडाले पनि नागरिको समस्यालाई मध्यनजर गर्दै १३७ घरधुरीका परिवारलाई राहत वितरण गरिएको वडा अध्यक्ष न्यौपानेले वताए । अध्यक्ष न्यौपानेका अनुसार सरकाले गरेको लक डाउनको पालना गरी आम नागरिकलाई सुरक्षित रहन आग्रह गरिएको छ । अध्यक्ष न्यौपानेले वडामा कुनै समस्या भएमा आफुलाई तथा अन्य जनप्रतिनिधिहरुलाई खवर गर्न अनुरोध गरेका छन् । वडावासीको स्वास्थ्य सुरक्षाका लागि अफु हरदम तयार रहेको अध्यक्ष न्यौपानेले वताए ।
राहत सामग्रीमा परिवार संख्या दुई भएकालाई साढे १२ केजी चामल, दाल २ केजी, नुन २ केजी, तेल १ लिटर र हातधुने सावुन २ पिस रहेको छ भने परिवार संख्या दुई भन्दा वढि भएकालाई २५ केजी चामल, दाल २ केजी, नुन २ केजी, तेल १ लिटर र हातधुने सावुन २ पिस रहेको वडा अध्यक्ष न्यौपानेले जानकारी दिए ।
राहतका लागि टोल टोलमा लागत संकलन गरिएको र जनप्रतिनिधीको रोहवरमा खाद्यान्न सामाग्री वितरण गरिएको वडा सदस्य उदय सुवेदीले वताए । साथै छुटेका अति आवश्यक र विपन्न परिवारको लागत संकलन गरी आवश्यकता अनुसार वितरण गरिने सुवेदी वताउँछन् ।
वडाको मापदण्ड अनुसार आफ्नो आयश्रोत तथा जायजेथा नभएका, अरुको सहयोग तथा सहारामा बस्दै आएका व्यक्तिलाई असहाय भनेको छ । त्यस्तै आम्दानीको कुनै स्थायी श्रोत नभएका, दैनिक जीवन गुजारा गर्न धौधौ पर्ने सम्बन्धित वडाले अति विपन्न हो भनेर प्रमाणित गरेका व्यक्ति र परिवारलाई अतिविपन्न मानिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्