जुम्लाका ३१ मजदुर सिन्दुपाल्चोकमा अलपत्र

देश यतिबेला पुर्ण लकडाउनमा छ । नेपालीहरु नेपालभित्रै तथा भारतका विभिन्न नाकामा अलपत्र छन । ती मध्य केहिलाई सरकारले उदार गरेर गन्तव्यमा पुराएको छ । भने, केहिको उदार हुन सकेको छैन् । विश्व व्यापी संकटका रुपमा फैलिएको कोरोनाको त्रासले विभिन्न नाका तथा एक जिल्लाबाट अर्को जिल्लामा जानेयात्रु बिचल्लीमा परेका छन् ।
जसमा कामको खोजीमा सिन्दुपाल्चोक पुगेका जुम्लाका ३१ जना मजदुर एक हप्तादेखि सिन्दुपाल्चोक जिल्लामा अलपत्र छन् । कोरोना भाईरस रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण उनी अलपत्र परेका हुन् ।
सिन्दुपाल्चोक जिल्लाको तिरपुरा सुन्दरी गाउँपालिका(५ नौथली बजारमा ३१ जना जुम्ली कामद अलपत्र रहेको स्थानीय प्रेम बस्नेतले जानकारी दिए । जुम्ला तिला गाउँकाका सहित अन्य ठाउँका गरि ३१ जना कामदारले उदारका लागि गुर्हार गर्दा कसैले नसुनेको दुखेसो गरेका छन् ।
नौथली बजार स्थित एक कोठामा ३१ जना एउटै कोठामा कोचिएर बस्न बाध्य भएकौ छौ । हामीलाई चाडै घर पुराइदे सरकार भन्दै गुहार गरेका छन् । सिन्दुपाल्चोकका स्थानीय सरोकारवालाले पनि ध्यान चासो दिएका छैनन् भन्दै गुनासो गरेका हुन् ।
स्थानीय अगुवा प्रेम बस्नेतले भने, उनिहरुको उदारका लागि कर्णाली सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई आग्रह गरेका छौ । तर उदार हुने वा नहुने कुनै टुंगो छैन् । सिन्दुपाल्चोकको बसाई व्यवस्थापन र कोरोनाको जोखिमले परिवार सम्झेर निकै निरासा छाएको अलपत्र रहेका कामदारले बताएका छन् ।
अलपत्र कामदारहरुको अबस्था हाल सम्म सामान्य रहेको छ । घर आउने तयारी गरिरहेका ३१ जना कामदाहरु सरकारले लगाएको कलडाउनका कारण सिन्दुपाल्चोकमै थन्कीएका हुन् ।
कोरोना भाईरस संक्रमणको त्रास फैलिएको बेला अलपत्र भएकाहरु घरपरिवारहरु निकै चिन्तीत भएका छन् । सरकारलाई चाडो भन्दा चाडो उदार गरिदिन समेत आफन्त माग गरेका छन् ।