राहत वितरणमा वडा पनि सक्रिय

धनकुटा नगरपालिका–५ कार्यालयले लकडाउनका कारण काममा जान नसकेका धनकुटा नगरपालिका–५ का विपन्न मजदुरलाई खाद्यान्न वितरण गरेको छ ।
दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आएका धनकुटा नगरपालिका–५ का ९८ घरका अति विपन्न परिवारलाई राहत स्वरूप खाद्यान्न वितरण गरिएकोे धनकुटा नगरपालिका–५ का वडा सदस्य गोविन्द राईले बताए । वडाले प्रतिपरिवार १० किलो चामल एक किलो नुन, एक किलो दाल, तेल साबुन लगायतकका सामग्री प्रदान वितरण गरेकोे वडाध्यक्ष धनकुमार राईले जानकारी दिए । उनले भने “नागरीकलाई विपतको बेला स्थानीय सरकार भएको महसुस गराउन र दैनिकिलाई सहज बनाउनका लागि आफू अहोरात्र खटिरहेको छु,” धनकुटा नगरपालिका–५ का अन्य विपन्न परिवारको खोजी गरी राहत वितरण गर्नेसमेत वडाको योजना रहेको वडा सदस्य गोविन्द राईले बताए ।
विश्वमा महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस नियन्त्रण तथा यसबाट बच्न गरिएको लकडाउनबाट प्रभावित मजदुरलाई धनकुटा नगरपालिका–५ ले वितरण गरेको राहत सामग्रीको २० प्रतिशत रकम समाजसेवी तथा निर्माण व्यवसायी प्रकास थुलुङले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे साथै धनकुटा नगरपालिका–३ का वडा अध्यक्ष विकास घिमिरेले वडा न ३ का मजदुरलाई व्यक्तिगत रूपमा खाद्यन्य तथा मास्क वितरण गरेको बताए । लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने कामदारलाई समस्या भएको भन्दै खाद्यान्न र मास्क वितरण गरेको घिमिरेले जानकारी दिए । दैनिक ज्यालादारी गरी परिवार पाल्दै आएका २५ परिवारलाई आधा बोरा चामल एक किलो नुन र एक किलो दाल वितरण गरिएको अध्यक्षको भनाई छ ।
विकास घिमिरे