घोराहीमा वैकल्पिक सडक निर्माण «

घोराहीमा वैकल्पिक सडक निर्माण

 जिल्लामा पछिल्लो समय बढ्दै गएको सवारी चाप मध्यनजर राखेर वैकल्पिक सडक (बाइपास)  निर्माण गर्न थालिएको छ । घोराही उपमहानगरपालिकाले  वैकल्पिक सडक निर्माण गर्ने थालेको जनाएको छ । उपमहानगरपालिकाले पूर्वमा कुइरेपानीदेखि पश्चिम सर्रासम्म पुग्नका लागि वैकल्पिक सडक निर्माण गर्न थालेको उपमहानगरपालिकाले जनाएको छ । निर्माण गर्न थालिएको वैकल्पिक मार्ग करिब ८ किलोमिटर रहेको छ भने वाटो १५ मिटरको निर्माण हुने उपमहानगरपालिकाले जनाएको छ ।
 उपमहानगरपालिकाले बजारी क्षेत्रमा सवारी चाप घटाउन वैकल्पिक मार्ग निर्माण गर्ने थालेको कार्यालयले जनाएको छ । अहिले बाटो साँघुरो र सवारीको चाम अत्यधिक रहेकाले दैनिकजसो साना तथा ठूला दूर्घटना हुदै आएका छन् । दूर्घटनामा धेरैले अकालमै मृत्यु हुने गरेको छ । धेरै मानिस अपांगसमेत हुन पुगेका छन् भने सडकसमेत क्षतविक्षत भएका छन् ।
 वैकल्पिक वाटो निर्माण प्रक्रिया सुरु भइसकेको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जानकारी दिए । उनका अनुसार उपमहानगरपालिका कार्यालयबाट उक्त वाटो निर्माणका लागि २ करोड बजेट विनियोजन भएको छ । यो बजेटले बाटोको ट्र्याक खोलिनेछ । उक्त बाटो निर्माणका लागि अहिले सार्वजनिक सूचनामार्फत टेण्डरसमेत आह्वान गरिसकिएको प्रमुख चौधरीले बताए । “सार्वजनिक सूचनामार्फत ठेक्का आह्वान गरेका छौं, निर्माण कम्पनी छनोट भएपछि काम अगाडि बढ्छ,” प्रमुख चौधरीले भने । उपमहानगरपालिकाले माघको अन्तिमसाता सार्वजनिक सूचनामार्फत ठेक्का आह्वान गरिसकेको जनाएको छ । उक्त बाटो निर्माण गरिएपछि मालबाहक सवारीका साधनहरु त्यसै बाटो भएर आवतजावत गर्ने चौधरीले बताए ।
“मालवाहक सवारीका साधन वजार क्षेत्रको वाटोमा नआएपछि वजारी क्षेत्रमा समेत सवारी चाप घट्नेछ,” प्रमुख चौधरीले भने । सवारी साधनको चाप कम भएसँगै बाटोसमेत सुरक्षित हुने उनको भनाइ छ । अहिले वाटोको क्षमता भन्दा वढीका सवारीका साधनहरु सडकमा गुडदा वाटो क्षेत्र विच्छेद भएका छन् । 
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ओमप्रकास वाग्लेले वैल्पिक सडकको आवश्यक रहेको बताए । वैकल्पिक सडक भएमा ट्राफिक व्यवस्थापनमा समेत सहज हुने बताए । “अहिलेदेखि नै सवै मिलेर जिल्लामा सडक तथा सवारी साधनको व्यवस्थित गराउन लाग्न जरुरी रहेको छ,” प्रमुख वाग्लेले भने । अहिले साँघुरा सडक र सवारीसाधन धेरै रहेकाले दूर्घटना बढेको बताए । 

अमरराज आचार्य

प्रतिक्रिया दिनुहोस्