घरघरमा साबुन र माक्स,गाउँगाउँमा सचेतना «

घरघरमा साबुन र माक्स,गाउँगाउँमा सचेतना

जुम्लाको हिमा गाउँपालिकाले ‘घरघरमा साबुन र माक्स,गाउँगाउँमा सचेतना’ अभियान संचालन गरेको छ । विश्वव्यापी माहामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण देखि स्थानीयलाई सजग गराउन अभियान संचालन गरिएको हिमाका अध्यक्ष रज बहादुर शाहिले बताए ।
उनका अनुसार गाउँपालिकाकाभरी रहेका करिब १३ सय बढी घरधुरी सदस्यलाई मास्क र साबुन वितरण गरिएको छ । गाउँपालिका १ देखि ७ नम्बर वडा सम्मका सम्पुर्ण नागरिकलाईको पहुँच हुने गरी साबुन र माक्स वितरण गरिएको छ । ‘कोरोना भाइरसको संक्रमणबाट बच्न सबैभन्दा उत्तम उपाय नै साबुनपानीले नियमित हात धुने, भिडभाडमा नजाने र मास्कको प्रयोग हो र लकडाउनको पालाना गर्ने हो ।
स्वास्थ्यकर्मी मेनका देवकोटाले भनिन, साबुन माक्स वितरण संगै गाउँगाउँमा साबुनपानी पटक पटक मिचिमीचि हात धुन, अत्याआबश्यक काम बाहेक बाहिर नआउन सिकाइएको  बताईन् । रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु उत्तम हुने सोचका साथ गाउँपालिकाको टोलीनै गाउँगाउँमा सचेतना र घरघरमा साबुन  र माक्स अभियान लिएर गएको प्रमुख प्रशासकिय अधिकृत टोप बहादुर बुढाले बताए । 
एनले भने, हिमा रहेका जम्मा १३ सय बढी घरधुरीलाई पुग्ने गरी पाँचहजार थान साबुन वितरण गरिएको छ । यता तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानले लकडाउनको पुर्ण पालाना गरी घर बाहिर नआउन, बाहिरबाट आएका जोसुकैलाई अनिवार्य स्वास्थ्य चेकजाँच गराउन, साबुनपानीले पटकपटक हात धुन गाउँगाउँमा माईकिङ गरिरहेको बताए । पश्चिम बाहिरका देखि पुर्व नगर सम्मका दर्जनौ गाउँबस्तीमा गएर  कोरोनाबारे सजग गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्