Logo

कोरोनाविरुद्ध प्रतिरक्षा शक्ति दिने मोरिङ्गा

 

चिसो र फ्लुको सिजनमा मानिसमा जरुरी हुने इमुन वृद्धि गर्ने च्याउलगायतका वस्तुको विकल्प मोरिङ्गाले पूर्ति गरेको देखिन्छ ।

भनिन्छ माल पाएर मात्र हुन्न, चाल पनि पाउनुप-यो । नेपाल सायद गरिब राष्ट्र होला तर हाम्रा कतिपय रैथाने क्षमता र भौगोलिक क्षमताको विशिष्टता विश्वलाई नै चकित पार्न सक्ने छन् । हामी आफैं भने विनाको खोजीमा अलमलिएको कस्तुरीको मनोविज्ञान ग्रसित बनेको प्रतीत हुन्छ । कुरा हाल चलिरहेको विश्वोब्यापी कोरोना संक्रमणका बारे नेपालका चोकचोकमा भइरहेका चर्चाहरूको हो । हाम्रा चोकचोकमा भइरहेका कोरोना कोभेड–१९ को चर्चामा हामी सरकारको आलोचनामा निकै धेरै समयहरू खर्च गरिरहेका छौं ।
कोरोना भाइरस लागेका बाट आफूमा नसर्न केके विधि अपनाउने भन्नेबारे सकारात्मक हल्ली खल्ली पनि निकै भएका छन् । तर यो विश्वव्यापी कोरोनाको संक्रमणबाट मुलुक अछूत हुन नसक्दाको अवस्थामा हामी कसरी हाम्रो समाजलाई कम्तीमा कोरोनाको संक्रमण विरुद्ध व्यावहारिक रूपमै तैयारी गर्न सक्षम हुन सक्छौं भन्नेबारे पर्याप्त सूचना लिन र सचेतना वृद्धि गर्न नसकिनु दुर्भाग्यपूर्ण छ ।
अत्यन्त संवेदन शील तथा राष्ट्रिय विकराल अवस्था आइलाग्दा कसरी आफूलाई तयार गर्ने भन्नेबारे चीनको सरकार र जनताबाट सिकेर उनीहरूको भोगाइबाट आफू सुरक्षित रहन आन्तरिक तैयारीमा भिड्नुपर्ने अवस्थामा हामी आफू कुरा मात्र गर्ने अनि अरूतर्फ औंला देखाएर उसले काम गरेन भन्ने दोष दिन अलि बढी नै लागेको हो कि भन्ने बारे सोच्न जरुरी बनेको छ । कोरोना संक्रमणविरुद्धको प्रतिरक्षा शक्ति विकास गर्ने उपायहरूको पहिचान गरी त्यसतर्फ आन्तरिक तैयारीमा जुट्नु जरुरी बनिसकेको छ ।
हामी सबैलाई अवगत भएकै कुरा हो कि चीनको वुहान प्रान्तबाट फैलिएको नोबेल कोरोना भाइरसको पूर्ण निदानका लागि त्यस्तो कुनै प्रभावकारी औषधि वा सुई निक्लिसकेको छैन । जब सम्म उपलब्ध कुनै पनि उपाय सोचे जस्तो प्रभावकारी हुँदैन, तब उपलब्ध सबै सम्भावित उपायहरू र घरेलु उपायहरूको समेत प्रभावकारिताको परीक्षण गर्ने गरिन्छ । जानेको सुनेको र हुन्छ कि जस्तो लाग्ने सबै उपाय अपनाउनु नै अन्तिम विकल्प रहने गर्छ ।
सामान्य रुवा, खोकी, ज्वरो र श्वास–प्रश्वासमा देखिने अवरोध कोरोना भाइरसमा समेत देखियो । मानिसलाई चिसो वा खासी लाग्दा हुने जस्ता लक्षण तर अलि भयावह रूपमा कोरोना भाइरसको संक्रमणमा रहने देखियो । रोगका लागि प्रभावकारी ड्रगको पहिचान नभई रहेको अवस्थामा हाल चीनमा हर्बलमा आधारित परम्परागत चिनिया औषधिको सहयोगमा चिनिया जनता कोरोनाविरुद्ध आफ्नो शरीरको रोग सँग लड्ने शक्ति बढाउँदै सम्भावित संक्रमण विरुद्ध भिडिरहेका छन् ।
संक्रमणविरुद्धको ओखती पहिचान नभई रहेको अवस्थामा देखिएको भाइरसको संक्रमणको समयमा जुन–जुन जडिबुटीको भाइरस प्रतिरोधी क्षमता रहन्छ त्यो जडिबुटी प्रयोग गरी आफ्नो शरीरको भाइरसविरुद्धको प्रतिरोध क्षमता बढाउने प्रयास हाल संसार भर उपयोग गरिएका छन् । नेपालमा पनि सर्ब साधारण स्तरसम्मै यो तरिका अपनाएर संक्रमण विरुद्ध लड्न आफ्नो शरीरलाई सक्षम बनाउन जरुरी देखिन्छ ।
आजको दिनसम्म उपलब्ध सूचनाका आधारमा कोरोना विरुद्ध आफ्नो शरीरको रोगसँग लड्ने शक्ति बढाउन आफ्नो खानपानमा भाइरस विरुद्धको प्रतिरोधी क्षमता बढाउने पदार्थ संलग्न गरी सेवन गर्नु र संक्रमणको सम्भावना उच्च रहेको दैनिक गतिविधिमा नियन्त्रण गर्ने नै हो ।
संक्रमणकारी रोगको नियन्त्रण गर्ने ओखती पहिचान नभएको सन्दर्भमा तपाई जतिसुकै धनी राष्ट्रमा रहनुस वा नेपालको निकै दुर्गम गाउँमा, कोरोनाको संक्रमण भई हालेको अवस्थामा सबै सँग उपलब्ध उपाय भनेको आफूमा देखिएको बिरामीको लक्षण अनुसार उपलब्ध सामान्य औषधि दिनु नै हो ।
सीधा भन्दा ज्वरो आएमा सिटामोल र एस्प्रिन दिने, सास फेर्न गाह्रो हुँदा अक्सिजन (वा पफ), रुघाखोकी लागेमा भिटामिन–सी, अमला, कागती पानी लगायतका औषधि दिने । निमोनियाँ भए निमोनियाँकै उपचार गर्ने, जरुरी अनुसार आइसीयु वा भेन्टिलेटरमा राख्ने । गाउँमा भए तुलसीको मठ र चौतारा नजिक भएको घरमा त्यहाँ बाट आउने खुला हावा विरमिसंग पुग्ने गरी राख्ने ।
उक्त औषधि फार्मेसीको होस् वा आयुर्वेदिक वैद्य खानाको नतिजा कुनै निश्चिन्त भएर अनुमान गर्ने अवस्थाको रहन्न । आयुर्वेदिक तारिकमा शरीरको रोग प्रतिरोधी क्षमता विकास गर्ने सार तत्त्व दिइने उपाय रहन्छ भने फार्मेसीको औषधिहरू तत्कालको लक्षणको उपचार गर्ने नियतमा बनेका हुन्छन् । तसर्थ लक्षणले च्याप्दा फार्मेसीका ओखती हरुको प्रयोग गर्ने र सामान्य अवस्थामा आयुर्वेदिक तरिका र खानपान बाट आफ्नो शरीरको रोग सँग भिड्ने तागत बढाउनतर्फ लग्नु उपयुक्त देखिन्छ ।
उदाहरणका लागि कोरोनाको संक्रमण भएको निश्चित गरिएपछि उपचारका लागि चीनको शान्क्षि प्रोभिन्सको तैयुअन सहरमा रहेको परम्परागत चिनिया औषधि चिकित्सालय पुगेका १३ हजार बिरामीलाई अस्पतालले बिरामीको लक्षणअनुसार उपलब्ध पश्चिमा औषधि दिने गर्थ्यो । त्यहाँ पुगेका लगभग सबैमा परम्परागत औषधि चलाइएको थियो । ९०५ लाई लक्षण सुरु भएकै दिनबाट परम्परागत चिनिया ओखती दिन सुरु गरिएको थियो ।
परम्परागत चिनियाँ पद्धतिअनुरूप भाइरसको संक्रमण हुँदा ठुलो क्षति पुग्न सक्ने फोक्सोमा संक्रमणका कारण उत्पन्न हुने विषादी सफा गर्ने वा हटाउन डी ( टक्सिफायरको भूमिका खेल्न सक्ने कुईन्फी पैडु सुप (फोक्सोको संरक्षण गर्ने चाइनिज सुप) दिने गरिन्थ्यो । यसरी अस्पतालमा हुने गरेको उपचार निसुल्क थियो । दिनको ३ पटक सुप पिएर गरिने उक्त उपचारमा (६० प्रतिशतमा कोरोनाको संक्रमण घटेको र बाँकी ३० प्रतिशतमा बिमारी अरू बढी छाप्नबाट जोगाउन सकिएको थियो । यसरी परम्परागत चिनियाँ चिकित्सा पद्धतिबाट चीनमा ८५ प्रतिशत कोभिड–१९ कोरोना भाइरसको सफल उपचार भइरहेको छ ।
फेबुररी १९ मा गोंगजाओमा गरिएको प्रेस कन्फरेसमा चीनका प्रख्यात श्वास प्रश्वास विज्ञ ज्होंग नन्सनले भनेकी ‘निमोनियाँ नम्बर– १’ नाम दिएको परम्परागत चिनियाँ हर्बल औषधिले कोभिड–१९ कोरोना भाइरस विरुद्ध प्रभावकारी रूपमा लड्ने क्षमता भएको नतिजा दिएको छ ।
त्यहाँका अस्पतालहरूमा प्रयोग भइरहेको चिनियाँ परम्परागत हर्बल औषधि लिउशेनवन र लियनहाकिंगवेनको समेत ती ओखतीहरू भाइरस मार्न सक्ने, भाइरस लाई कोषिकासम्म पुग्न रोक्न सक्ने तथा शरीरले चाहिने भन्दा बडी इमुनसेल पैदा हुन गएका कारण उत्पन्न अधिक पिडाका कारण मानिसको मृत्यु हुने अवस्था आउनबाट रोक्न सक्षम हुन्छ वा हुँदैन भन्ने बारे गहिरो अनुसन्धान भइरहेको बताएका थिए ।
उनका अनुसार आज चीनमा ५४ वटा परम्परागत चिनिया हर्बल औषधि उपलब्ध छन् । जस मध्ये ५ वटाले प्रभाव कारी रूपमै कोभिड–१९ कोरोना भाइरसको संक्रमण लाई रोक्न सफल बनिरहेका छन् । परम्परागत चिनियाँ औषधि र आयुर्वेदिक औषधिको कार्य पद्धति एकै प्रकारको हुन्छ । परम्परागत चिनिया औषधि र आयुर्वेदिक औषधिका लगभग ५० प्रतिशत फर्मुला मिल्ने गर्छन् । यो अर्थमा संसारमा पटक पटक हुने प्रायः भाइरसको संक्रमण विरुद्ध विकास गरिने आयुर्वेदिक औषधिमा चिनियाँ प्रविधिबाट निकै ठूलो सहयोग पुग्ने देखिन्छ ।
फोक्सोको संरक्षण गर्ने औषधिको रूपमा दिइने चाइनिज सुप मुलत हर्ब ईफ्रेड्रा (सोम लता नामक झार), जेठी मधुको जरा र अमेरिकी बदाम, क्याल्सियम सल्फेट मिसाएर डिकोक्सन गरी बनेको सामान्य ओखती हो । गरिएको छ । त्यसमा आरुको कोया, सिनामन (दाल चिनी वा सन्कौली), बन अदुवा, २–३ थरी च्याउ, जल पेर्नीको गाना, तरुल, अदुवा र अन्य हर्बलहरू समेत मिसाएर तागत युक्त सुप निर्माण गरी खान दिइने गरेको देखिन्छ ।
समग्रमा कोरोना नियन्त्रण गर्न सक्षम बनेको सुपको आफ्नो फर्मुलामा कोरोना संक्रमण मा देखिने हुँदाका बखत देखिने हरेक लक्षण जस्तै श्वास फेर्न गारो हुने, टाउको दुख्ने, ज्वरो आउने, रुघा–खोकी देखिने, रुघा खोकीसँगै ज्वरो आउँदा, दम, शरीर बाउँडिने, नाक चिलचिलाउने, सिँगान बग्ने, घाटी दुख्ने आदि हरेक लक्षण ठिक गर्ने जटिबुटी, तागत दिने पदार्थहरू, रगत सफा गर्ने तथा रक्त सञ्चार बढाउने जटिबुटी तथा कोरोना सँग भिड्ने ईपÞmेड्रा लगायतका सामग्री समावेश छन् ।
कुनै पनि हर्बल बेस उपचार जुन विगतमा भाइरसको कारणबाट हुने रुघा, मर्की, फ्लु, ज्वरो र श्वास फेर्न गाह्रो हुने समस्यामा प्रभावकारी भएका थिए तिनै उपाय अन्य प्रभावकारी उपायहरू उपलब्ध नहुँदासम्म चिकित्सकहरूबाट होसियारीका साथ प्रयोग गर्न सल्लाह दिइँदै आएको छ ।
आज चीन जसरी आफ्नो परम्परागत हर्बल औषधिहरूको विवेक पूर्ण सदुपयोग गरेर कोभेड–१८ विरुद्धको लडाइँ लडिरहेको छ त्यसरी नै हामीले हाम्रो रैथाने आयुर्वेदिक र युनानी फर्मुलाहरूको विवेकपूर्ण सदुपयोग गरी हामीमा आइ लाग्न सक्ने कोरोनाको संक्रमण विरुद्ध लड्न आफूलाई तैयारी गर्नु जरुरी देखिन्छ ।
एकातर्फ आफूलाई तागत युक्त बनाउन भेजिटेबल सुप, मसरुम सुप, मुङको दालको सुप, चिकेन सुपजस्ता प्रोटिन युक्त प्रशस्त तातो सुप पिउने चलन चलाउन जरुरी देखिन्छ । अर्कातर्फ कागती पानी, गुड्ची हर्बल चिया, मोरिङ्गा चिया, हट लेमन हनी र अन्य हर्बल चिया युक्त धेरै तरल पदार्थ खाने बानी बसाल्न जरुरी छ ।
आफू संक्रमित रहेको बेला आफूबाट अर्कोमा सर्न नदिन आफैलाई अरूबाट छुट्टाएर राख्ने, पिप्ला, मरीच, अदुवा, तुलसीको पात, मोरिङ्गा, बेसार, तेज पत्ता, दालचिनी, सन्कौली, अलैँची, ल्वाङ, सुकुमेल, जिरा, धानिया, ज्वानो, करी पत्ता र टिम्मुर लगायतका बजारमा सहजै उपलब्ध र आफ्नो फुड हेविटभित्रका मसलाहरूको आयुर्वेदिक र हिलिङ्ग क्षमताको उपयोग गर्ने तर्फ आन्तरिक गृहकार्य गर्न जरुरी छ ।
नेपालमा केभिड–१ङ विरुद्ध लड्न खानपानमार्फत शरीर लाई सक्षम बनाउनको लागि उपयोगी हुने धेरै नेपाली रैथाने हर्बलमा एक हो— मोरिङ्गा । मोरिङ्गालाई अमेरिकाको कृषि विभागले मात्र १० ग्राम मोरिङ्गाको पाउडरले १५० मिलिग्राम क्याल्सियम, १६० मिलिग्राम पोटासियम, २ मिलिग्राम आइरन, ३ ग्राम प्रोटिन दिने हुँदा यसलाई उच्च पोषण दायक सुपर फुड भनेको छ ।
मोरिङ्गामा मानव शरीरलाई नभई नहुने ९ प्रकारका एसेंसियल एमिनो एसिडहरू हुने गर्छ । यसमा सुन्तलामा भन्दा ७ गुणा धेरै भिटामिन सी, गाजरमा भन्दा २ गुणा धेरै भिटामिन ए, केरामा भन्दा ४ गुणा धेरै पोटासियम, पालुङ्गोमा भन्दा ९ गुणा धेरै आइरन, दूधमा भन्दा १४ गुणा धेरै क्याल्सियम, दहीमा भन्दा २ गुणा धरै प्रोटिन, जौं मा भन्दा ४ गुणा धेरै फाइबर पाइन्छ । कम्तीमा ९२ किसिमका पोषण पदार्थ भेटिने मोरिङ्गामा ४६ थरिका एन्टी अक्सिडेन्ट, १० प्रकारका भिटामिन, १८ प्रकारका मिनिरल्स, १८ प्रकारका नन–एसेंसियल एमिनो एसिडहरू पाइन्छ ।
एउटा बलियो प्रतिरक्षा प्रणालीले मानिसको शरीरलाई भाइरल संक्रमण र मौसमी बिरामी आदिबाट जोगाउँछ । बिमारी परेको अवस्थामा रोगबाट निकै छिटो मुक्ति पाउन र पुनः तन्दुरुस्ती प्राप्ति गर्ने सुनिश्चितता दिन्छ । अत्यधिक प्रशोधित खाद्य पदार्थ र चिनी नभएको मोरिङ्गाजस्ता उच्च पोषणयुक्त सुपर फुडले मानिसको स्वस्थ प्रतिरक्षा प्रणालीको विकासमा उल्लेखनीय सहयोग पु-याउँछ ।
बेल्जियमको एक विश्व विद्यालयमा गरिएको अनुसन्धानले शरीरको प्रतिरक्षा प्रणाली र औषधिको सहायता बाट भाइरस विरुद्ध लडिरहेको बेला खानामा मोरिङ्गाको पातको पाउडरमार्फत उपलब्ध गराइएको शक्तिका कारण मानिसमा उचित पोषण तत्व उपलब्ध गराएर भाइरल उपचारको प्रभावकारिता वृद्धि गर्न सकिएको प्रमाणित गरेको छ ।
चिसो र फ्लुको सिजनमा मानिसमा जरुरी हुने इमुन वृद्धि गर्ने च्याउलगायतका वस्तुको विकल्प मोरिङ्गाले पूर्ति गरेको देखिन्छ । मोरिङ्गाको कलेजोलाई डिटक्स गर्ने, एलर्जी हटाउने, आमाशयको गडबडी रोक्ने, डिप्रेसन विरुद्ध काम गर्ने, शरीरमा इमुन शक्ति बढाउने र शरीरले चाहिने भन्दा बडी इमुनसेल पैदा गरी अधिक पिडाका उत्पन्न हुने अवस्थामा निकै प्रभावकारी भूमिका खेल्न सक्ने हुँदा यो भाइरल संक्रमणका अवस्थामा सबैको छनौटमा पर्ने, जुन सुकै खाना वा मात्र सादा पानी सँग समेत खान सकिने सजिलो सम्प्लिमेंट हुन पुगेको हो ।
(लेखक क्यानेडियन खाद्य तथा औषधि विज्ञ हुन् ।)

प्रतिक्रिया दिनुहोस्