Logo

नुन पाउँदा स्थानीय खुसी

मुगु- सोरु गाउँपालिकामा रहेका स्थानीयबासी गाउँघरमै नुन पाउँदा हर्षित भएका छन् ।
जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकामा रहेका सबै बस्तीमा बस्ने प्रत्येक घरधुरीले गाउँघरमै नुन पाएपछि स्थानीय हर्षित भएका हुन् ।
विगतका वर्षमा सदरमुकाम गमगढी बजारमा २ दिनको पैदल यात्रा गरेर १० पोका नुन लिनका लागि लाइनमा बसेर नुन लिन बाध्य हुने जनता आजभोलि सोरु गाउँपालिकाको सोरुकोट डिपोमा नुन पुगेपछि आफूले चाहे जति नुन लिन पाउने साल्ट ट्रेडिंग कर्पोरेसन लिमिटेड मुगुले जनाएको छ ।
कार्यालयका अनुसार सोरु गाउपालिकाका प्रत्येक घरधुरीले ५० केजीदेखि १ सय केजीसम्म नुन बिक्री वितरण भइरहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड मुगुका कार्यालय प्रमुख खगेन्द्र कार्कीले बताए । कार्कीका अनुसार सोरु गाउँपालिकामा १२ सय क्विन्टल नुन वितरण भइसकेको छ । त्यस्तै खत्याड गाउँपालिकाका लागि यो आवका लागि आएको १२ सय क्विन्टल नुन भने अहिलेसम्म पुग्ने सकेको छैन । कार्कीले भने कर्णालीका जिल्लामा भारी हिमपात भएपछि जुम्ला र मुगुको बीचमा रहेको कालाकाँडा लेखमा हिमपातले सडक अवरुद्ध भएकाले खत्याड गाउँपालिकामा नुन पु-याउन नसकेकाले जिल्लाको गोठीज्युलामा थन्किएको कार्यालय प्रमुख कार्कीको भनाइ छ । विगतका दिनमा नुन लिनका लागि हुम्ला जिल्लामा धाउनु पथ्र्यो अहिले सदरमुकाम गमगढी बजारमा रहेको डिपोले सोरुकोटमै नुन पु-याएपछि घरमै ९ रुपैयाँको सरकारी अनुदानको नुन पाएको सोरु गाउँपालिकाका स्थानीय तथा डिपोमा नुन लिन आएकी डल्ली शाहीले बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्