बेमौसमी मकै खेतीमा आकर्षण

दाङ-जिल्लामा पछिल्लो समय बेमौसमी मकै खेतीमा आकर्षण बढ्दै गएको छ । उत्पादनमा वृद्धिसँगै बिक्रीको लागि समस्या नहुने भएकाले यस तर्फ कृषकहरुको आकर्षण वढेको उनीहरुको भनाइ रहेको छ । अहिले देउखुरी क्षेत्रमा व्यक्तिगत तथा समुहगत रुपमा मकै खेती गर्ने थालिएको कृषकहरु बताउँछन् । देउखुरीमा अधिकांश कृषकहरुले बेमौसमी मकै खेती गर्ने गरेको हरितक्रान्ती कृषि सहकारी संस्था लिमिटेडका व्यवस्थापक दीपककुमार चौधरीले बताए ।
“धान खेती पछि अन्यवाली भन्दा पनि मकै खेती गर्ने गरेका छन्,” चौधरीले भने । आम्दानी राम्रो हुने भएकाले मकै खेती गर्ने गरेको उनको भनाइ रहेको छ । देउखुरीको अधिकाश कृषकले मकै खेती गर्ने गरेको चौधरी बताउछन् । उत्पादन भएको मकै बिक्री गर्ने समेत जानु नपर्ने चौधरी बताउछन् । “उत्पादन भएको मकै घरबाटै बिक्री हुने गरेको बिक्रीको हुनै समस्या छैन” चौधरीले भने । कृषकहरुले मकै बोटमै प्रति पिस १० देखि १२ रुपैयाँमा बिक्री गर्ने गरेको उनको भनाइ रहेको छ । भने दानाको लागि समेत बोटमा नै व्यवासायिहरुले पैसा दिने गरेको चौधरी बताउछन् । अहिले मकै उत्पादनको लागि लागत समेत घटदै गएको बताए । प्रविधिको प्रयोगले लागत घटदै गएको छ” चौधरीले भने । मानिस लगाएर काम गराउदा लागत बढी हुने गरेको उनले बताए । देउखुरी क्षेत्रमा सामूहिकभन्दा बढी व्यक्तिगत रुपमा मकै खेती गर्नेहरुको सङख्या रहेको चौधरी बताउँछन् । पानी पनि कम चाहिने भएकाले कृषकलाइ थप सहज हुने गरेको बताए । वर्षे मकैभन्दा बेमौसमी मकै उत्पादन समेत वढी हुने गरेको उनको भनाइरहेको छ । “बेमौसमी मकै वर्षे मकै भन्दा करिव ३० प्रतिशतले वढी हुने गरेको छ,” चौधरीले भने । जिल्लामा नै बेमौसमी मकै खेती गर्ने थालिएपछि बाहिरबाट मकै पनि कम भएको व्यवसायिहरु बताउँछन् । दाङको देउखुरीमा ८ सय हेक्टरमा बेमौसमी मकै खेती गरिएको छ । चालू आर्थिक वर्ष २०७५- ०७६ मा हिउदे मकै र बसन्ते मकै गरेर ८ सय हेक्टरमा बेमौसमी मकै खेती गरिएको प्रधान मन्त्रि कृषि आधुनिकरण परियोजना परियोजना कार्यान्वयन इकाइ मकै सुपरजोन लमहीले जनाएको छ । परियोजनाका सुचना अधिकारी पिताम्वर बस्नेतका अनुसार ३ सय हेक्टरमा हिउदे मकै र ५ सय हेक्टरमा मकै खती गरिएको छ ।
वर्षे मकै ५ हजार ४ सय ९७ हेक्टरमाखेती हुने गरेको उनको भनाइ रहेको छ । यसरी गरिको हिउदे मकै २ हजार १सय ५१ मेट्रिक टन, बसन्ते मकै ३ हजार २ सय ३५ मेट्रिक टन र वर्षे मकै १९हजार ७ सय ८९ मेट्रिक टन उत्पादन भएको सुचना अधिकारी वस्नेतले बताए । यसरीबर्षे, हिउदे र वसन्ते गरेर ६ हजार २ सय ९७ हेक्टरमा मकै खेती हुने गरेकोछ । भने २५ हजार १ सय ७५ मेट्रिक टन उत्पादन हुने गरेको छ । सुपरजोन कार्यक्रम लागू भएपछि वर्षमा दुई सिजन मकै खेती गर्ने किसानहर तीन सिजनखेती गर्न थालेको बस्नेतले बताए । खेतीसँगै किसानको आम्दानीको श्रोतमावृद्धिसँगै बाँझो रहने जमिनमा समेत कमी आएको उनले बताए । पछिल्लो समयकिसानले हिउँदे, बसन्ते र बर्षे गरि तीन सिजनमा मकै खेती गर्ने गरेका छन ।किसानहरुले हिउँदे सिजन अन्तर्गत असोज–कात्तिक, बसन्ते सिजन अन्तर्ग माघ–फागुनर बर्खे सिजन अन्तर्गत वैशाख–जेठमा मकै रोप्ने गर्दै आएका छन । “केही बर्षपहिले सम्म बर्षमा एक सिजन मात्र मकै खेती गर्ने किसानहरु पछिल्लो समय २-३सिजन खेती गर्न थालेका छन्,” सुपरजोनका सूचना अधिकारी बस्नेतले भने । यसले किसानहरु लाई मकै खेतीतर्फ आकर्षित गरेको उनले बताए ।
कार्यक्रमले किसानहरु लाई प्राविधिक सहयोग गर्दै आएको छ । परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्न कृषिमा यान्त्रिकरणको प्रयोगसँगै मकै रोप्ने तरिका, सिचाइँसँगै किसानले उत्पादन गरेको मकैको बजार व्यवस्थापनका लागि सहयोग गर्दै आएको बस्नेतले बताए । त्यस्तै कृषकहरु लाई उद्यमशील बनाउन क्षमता विकास, कस्टम हायरिङ सेन्टर स्थापनासँगै किसानहरुलाई यान्त्रीकरण सहयोगमा ५० प्रतिशत तथा सिचाई कार्यक्रममा ८५ प्रतिशत अनुदान सहयोग गर्दैआएको छ ।सहकारी संस्थालाई५० प्रतिशत अनुदानमा कृिष यन्त्र उपलब्ध गराइएको छ । ६० हर्ष पावरको ट्याक्टर, मल्टिक्रप सिड ड्रिल (ठुलो ट्याक्टरमा जोड्ने), मकै खोसल्ने रछोडाउने मेसिन, ज्याब प्लान्टर मकै छर्ने हाते मेसिन, मकै गोड्ने मेसिन,चिस्यान मापक यन्त्र, सिपर, रोटाभेटर अनुदानमा उपलब्ध गराइएको छ ।