सडकमा निर्माण सामग्री राख्न नपाइने

अब जथाभावी रुपमा सडकमा तथा सार्वजनिक बाटोमा निर्माण सामग्री राखेमा कारबाही गर्ने गरि सरकारले नीति ल्याउने तयारी गरेको छ । जथाभावी रुपमा फालिएको निर्माणका कच्चा सामाग्रीका कारण वातावरणीय प्रदुषण बढाइरहेको निष्कर्ष निकाल्दै सरकारले रोकथाम गर्न लागेको हो ।
पछिल्लो समय उपत्यका लगायत ठूला सहरहरुमा वाातवणीय प्रदुषणको मात्रा बढिरहेको छ । सरकारले प्रदुषण नियन्त्रणका प्रभावकारी कार्यक्रम ल्याउन नसक्दा वातावरणीय प्रदुषण बढिरहेको जनगुनासो बढिरहेको छ । वातावरण विभागले भने सबै सरोकारवाला निकायको समन्वयको अभावका कारण पनि प्रदुषण नियन्त्रणमा थप चुनौती देखिएको बताएको छ । विभागले वातावरणीय प्रदुषण नियन्त्रणका लागि नै जथाभावी रुपम ासडक छेउछाउमा निर्माण सामाग्री फाल्न नपाउने गरि नीति ल्याउने तयारी भईरहेको बताएको छ ।
विभागककी महानिर्देशक आभा श्रेष्ठ कर्णले प्रदुषण नियन्त्रण गर्न जथाभावी सडकमा निमाृणका कच्चा पदार्थ राख्न नपाउने गरी नीति ल्याउन लागि बताएकी छिन् । “निर्माणको क्रममा आवश्यक पर्ने कच्चा पदार्थ, जथाभावी रुपमा फालिएको हुन्छ, व्यवस्थित नै गरिदैँन,” उनले भनिन्, “यसले वातावरणमा प्रदुषण गरार्यरहेको छ, बालुवा, सिमेन्ट जथाभावी रुपमा फाल्दा त्यसको धुलोले वातावरण बिगारिरहेको छ, यसले सर्वसाधरणको स्वस्थ्यमा नकरात्मक असर निम्त्याएको छ ।”
उनका अनुसार वातावरणीय प्रदुषण नियन्त्रणका लागि सरकारले लिएको यो नीति अव छिट्टै नै सार्वजनिक हुने बताएकी छिन् । कर्णले वातावरणीय प्रदुषण नियन्त्रणका लागि प्रदेश तथा स्थानीय सरकारसँग पनि समन्वयन गरेर अगाडिब ढ्ने बताएकी छिन् । “कअेन्द्रिय सकारले मात्रै गरेर हुँदैन, प्रदेश र स्थानीय तहको पनि समन्वयको खाँचो छ,” उनले भनिन्, “ अव हामी सरोकारवाला निकायहरुसँग पनि समन्वय गरेर अगाडि बढ्ने छौ, समन्वय राम्रो हुन नसक्दा हाहीले पनि प्रदुषण नियन्त्रणमा प्रभावकारी नतिजा दिन सकिरहेको छैनौ, प्रदुषण नियन्त्रणमा प्रभावकारी नतिजा दिने गरी काम अगाडि बढाउने छौ ।”