Logo

प्लास्ट नेपाल फाउन्डेसनद्वारा सडक किनारमा वृक्षरोपण

प्लास्ट नेपाल फाउन्डेसनले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काठमाडौं महानगर–१२ टेकुचोक वरिपरि सडक किनारमा वृक्षरोपण गरिएको छ । काठमाडौं महानगरपालिका–१२ का वडाध्यक्ष विकास डंगोलको प्रमुख आतिथ्यमा सम्पन्न भएको यस कार्यक्रममा फाउन्डेसनका सञ्चालक सदस्यद्वय विनित अग्रवाल र सञ्जय अग्रवाल तथा प्रगतिशील धारा सुधार समितिका अध्यक्ष कृष्ण पौडेललगायत स्थानीय स्वयंसेवकहरूको सहभागिता थियो ।
यस अवसरमा टेकुचोकको चारैवटा सडक किनारमा ३० वटा कपुरका बिरुवा वृक्षरोपण गरिएको छ । यस कार्यबाट टेकुचोक किनारमा हरियाली कायम हुन गई सहरको सुन्दरता बढाउनका साथै वातावरण संरक्षणमा थोरै भए पनि टेवा पुग्न जाने विश्वास गरिएको अध्यक्ष राहुलकुमार अग्रवालले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्