सुबिसुको क्यान–इन्फोटेक अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट प्रालिले क्यान–इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको छ । यस अफरअन्र्तगत सेवाग्राहीले २५ एमबीपीएस इन्टरनेट र फूल एचडी प्याकेज(२७५ प्लस च्यानल, ९५प्लस एचडी) मात्र २ हजार ६ सय ५४ रुपैयाँमै प्राप्त गर्ने जनाएको छ । जसमा जडान शुल्क देखि डिएक्टीभेसनसम्मको शुल्कसमेत समावेश रहेको साथै इन्टरनेट र क्लियर टिभीमा पनि विशेष अफर रहेको पनि कम्पनीले जनायो ।
६ दिनसम्म सञ्चालन हुने क्यानमा सुबिसुले आफ्ना सेवाग्राहीको सुविधाका निम्ति ग्राहक साहयता कक्षसमेत समावेश गरेको भन्दै कम्पनीले यसका साथसाथै विभिन्न खेलहरु र आकर्षक पुरस्कारहरूबाट अवलोकनकर्ताले मनोरञ्न लिन सक्ने जनाएको छ ।