कोरोना भाइरसको संक्रमणमा अमेरिका–चीन सम्बन्ध «

कोरोना भाइरसको संक्रमणमा अमेरिका–चीन सम्बन्ध

केही दिनयतादेखि चीनमा कोरोना भाइरसले महामारीकै रूप लिएको छ । हालसम्म यो भाइरसबाट मृत्यु हुनेको संख्या ३ सय नाघिसकेको छ भने संक्रमित हुनेको संख्या १४ हजारभन्दा बढी छ । यो कठिन परिस्थितिमा यो भाइरसबाट मुक्त हुनका लागि चीनले भरमग्दुर प्रयास गरिरहेको छ ।
तर, यो कठिन परिस्थितिमा पनि अमेरिकी पक्षले चीनविरुद्ध दुस्मनीपूर्ण टिप्पणी र कदम उठाइरहेको छ । दक्षिण कोरिया, थाइल्यान्डलगायतका रेस्टुराँमा चिनियाँलाई प्रवेश निषेधकै बोर्ड टाँग्न थालिएको छ । अस्ट्रेलिया र अमेरिकाले त हालसालै चीन भ्रमण गरेका विदेशीलाई आफ्नो मुलुकमा प्रवेश निषेध नै गरेका छन् । अमेरिकामा चिनियाँ मूलकी एक अमेरिकी महिलालाई कोरोनाप्रभावित भएको भन्दै समस्यामा पारेपछि उनी त्यहाँबाट उठेर हिँड्न बाध्य भएकी थिइन् । यो विषम परिस्थितिमा यस किसिमको अमैत्रीपूर्ण व्यवहार देखाउनु राम्रो नियत होइन । तर, हालको अमेरिकी व्यवहार प्रतिशोधपूर्ण पनि हुन सक्छ ।
बोइङ–७३७ म्याक्सको दुर्घटना भएपछि सबैभन्दा पहिला चीनले आफ्नो फ्लिटमा रहेको यो विमान ग्राउन्डेड गरेको थियो । यसको लगत्तै विश्वका धेरै विमानसेवा कम्पनीले उक्त विमानलाई ग्राउन्डेड नै गरेका थिए ।
अमेरिकाले यसको बदला पनि लिएको हुन सक्छ । तर, चीनको हालको अवस्था भनेको मानवीय संकटको हो । यसमा सबैको सक्दो सहयोग हुनु आवश्यक छ । यसमा राज्य–राज्यबीचको सम्बन्ध स्थापित हुनु आवश्यक छ ।
विश्व स्वास्थ्य संगठनले महामारी पैmलिएपछि चीनको सामयिक र प्रभावकारी प्रयास रहेको टिप्पणी गरेको छ । तर चीनविरुद्ध भ्रमण र व्यापार प्रतिबन्ध लगाउनु उचित नभएको टिप्पणीसमेत संगठनले गरेको छ । अमेरिकाले यसको विपक्षमा कदम चाल्ने निर्णय गरिसकेको छ ।
अमेरिकी राज्य विभागले जनवरी ३१ मा चीन भ्रमण नगर्न सुझाव नै दिएको छ । उसको यो सुझाव यतिसम्म उच्च अवस्थाको छ कि इराक र अफगानिस्तानका लागि जुन किसिमबाट गरिएको थियो, सोहीअनुरूप र तहको छ ।
यसैबीच अमेरिकी वाणिज्य मन्त्रीले चीनमा पैmलिएको कोरोना भाइरसले अमेरिकामा रोजगारी फर्कने गति बढ्ने बताएका छन् । केही अन्य अमेरिकी अधिकारीले चीनले अमेरिकासँग समन्वय नगरेको बताएका छन् ।
अमेरिकी पक्षले चीनले सामना गरेको चुनौतीलाई आफ्नो विकासका लागि अवसरका रूपमा हेरेको छ । अमेरिकी कदमले उसको गैरजिम्मेवारीपना प्रस्तुन गरेको छ ।
वास्तवमै चीनले यो महामारी नियन्त्रण गर्न आफ्नो तर्फबाट भरमग्दुर प्रयास गरिरहेको छ र अमेरिका र अन्य अन्तर्राष्ट्रिय समुदायसँग सूचना र तथ्यांक साझा गरिरहेको छ; त्यो पनि पारदर्शी र जिम्मेवार तरिकाबाट ।
कोरोना भाइरसको महामारी विश्वकै लागि अनिच्छुक किसिमको महामारी हो । अबको विश्वमा विभिन्न मुलुकले एकसाथ काम गर्नका लागि विभिन्न किसिमका साझा चुनौतीको सामना गर्दै आएका छन् । तर, यस किसिमको अवस्थामा साथीका लागि साथीको आवश्यकता पर्छ ।
अमेरिकी दुस्मनीपूर्ण कदमको तुलनामा कतिपय मुलुकले सकारात्मक रुपमा बोलेका छन् र यो महामारीसँग लड्नका लागि चीनले गरेको प्रयासलाई विभिन्न अर्थमा समर्थन गर्दै आएका छन् ।
चिनियाँ विदेश मन्त्रालयका अनुसार विभिन्न अन्तर्राष्ट्रिय संगठन तथा मुलुकहरूले महामारीविरुद्धको साधन आपूर्ति गरेका छन् । यसमा संयुक्त राष्ट्रसंघ, बेलारूस र जापान पनि रहेका छन् ।
अमेरिकी पक्षले पीडा थप्ने काम गरे पनि महामारी नियन्त्रण गर्ने चिनियाँ प्रयास सराहनीय छ ।
यो महामारीसँग जुझ्नका लागि चीनसँग क्षमता, विश्वास र प्रतिबद्धता रहेको चिनियाँ सञ्चारमाध्यमले बारम्बार बताउँदै अएका छन् । अमेरिकाले पनि यस किसिमिको कठिन घडीमा सबै मतभेद भुलेर सहयोग गरेमा यी दुई राष्ट्रबीचको भावी सम्बन्धमा पनि सकारात्मक प्रभाव पर्ने देखिन्छ ।
विश्वकै ठूलो अर्थतन्त्र भएका दुई मुलुकबीचको व्यापारयुद्धले यी दुई मुलुकमात्रै होइन, विश्वले नै नराम्रो आर्थिक अवस्थाको सामना गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्