देशभरका काउन नेता पोखरामा «

देशभरका काउन नेता पोखरामा

नेपाल निर्माण तथा समृद्ध श्रमिक संघ (काउन) मा आबद्ध देशभरका मजदुर नेता पोखरामा भेला भएका छन् । संघको आइतबार र सोमबार पोखरामा हुने तेस्रो राष्ट्रिय अधिवेशनमा सहभागी हुन देशभरबाट करिब ३ सय ६१ जना मजदुर नेता पोखरामा भेला हुने भएको शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
‘सुरक्षित रोजगार मर्यादित काम, सामाजिक सुरक्षा हाम्र्रो अभियान’ भन्ने नारासहित आयोजना हुने उक्त अधिवेशनले सबै नेपाली श्रमिकहरूको हकहित र अधिकारको स्थापना गर्ने सम्बन्धमा कोसेढुंगा सावित हुने आफूहरूले अपक्षा गरेको संघका अध्यक्ष झपटबहादुर गुरुङ (जेवी) ले बताए । देशभर हाल ५७ जिल्लामा संघमा आबद्ध मजदुरहरू रहेको उनले बताए । तेस्रो अधिवेशनपछि सबै जिल्लामा संघको बिस्तार गर्ने अध्यक्ष जेवीले बताए । उक्त अधिवेशन सम्पन्न गर्न करिब १५ लाख खर्च लाग्ने भएको संघले जनाएको छ ।
संघमा आबद्ध ३ लाख ५० हजार सदस्य रहे पनि वार्षिक लेबिी उठाउने गरेका मजदुरहरू भने १ लाख ५० हजार रहेको वरिष्ठ उपाध्यक्ष संजय श्रेष्ठले बताए । उनले भने, “अझै पनि हामी मजदुरहरू कागजी र आर्थिक हिसावले कमजोर छौं, कहिले कहाँ काम गर्नुपर्छ त कहिले कहाँ, सम्बन्धित कम्पनीको ठेक्दारलाई भेटाउन निकै कठिन, सरकारले तोकेको न्यूनतम ज्याला नपाएको अर्को अवस्था छ ।”
संघका सल्लाहकार एवं कांग्रेस नेता राम्जी कुवंरले अझै धेरै मजदुरहरूले मासिक न्यूनतम ज्याला ९ हजार ७ सय रुपैयाँ नपाउने गरेको दाबी गरे । नेपालमा ट्रेड युनियनलाई दलबाटै बदनाम गरिएको गुनासो गरे ।

 

प्रतिक्रिया दिनुहोस्