सिद्धार्थ इन्स्योरेन्सद्वारा घुम्ती बिमा सेवाको शुभारम्भ

सिद्धार्थ इन्स्योरेन्सले गण्डकी प्रदेशको रुपाकोट गाउँपालिकाबाट घुम्ती बिमा सेवाको एक समारोहकाबीच शुभारम्भ गरेको छ । गाउँपालिका अध्यक्ष नवराज ओझाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले घुम्ती बिमाको माध्यमबाट सहज रूपमा बिमा सेवा प्राप्त हुने भएकोले यसबाट अत्याधिक लाभका लागि आग्रह गर्दै स्थानीय निकायसँगको सहकार्यमा घुम्ती बिमा अझ प्रभावकारी हुने हुँदा यसतर्फ ध्यान दिन आग्रह गरे ।
गाउँपालिका पदाधिकारी, अगुवा कृषक तथा स्थानीय जनताको उल्लेख्य उपस्थिति रहेको सो समारोहमा गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङ तथा नेपाल बिमक संघका महासचिव चंकी क्षेत्रीले शुभकामना मन्तव्य दिएका थिए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले घुम्ती बिमा सेवाको उद्देश्य, महत्व र यसबाट हुने फाइदाहरूको सम्बन्धमा प्रकाश पार्दै घुम्ती सेवामार्फत घर दैलोबाटै बिमा सेवा लिन आग्रह गरे ।