Logo

लमही–तुलसीपुर सडक ‘चारलेन’ काम सुरु

दाङको लमहीदेखि घोराही हुँदै तुलसीपुर सडक खण्ड ‘चारलेन’ बनाउने काम सुरु गरिएकोे छ । यस सडक लामो सयमदेखि चारलेन हुने भनिए पनि हालै मात्र सुरु भएको हो । धेरै समय अघिदेखि चर्चामा रहेको यस सडक हालै मात्र निर्माण कार्य सुरु भएको छ । अहिले साधुरो सडकको कारण पनि दैनिक जसो दुर्घटना हुने गरेको छ ।
फोरलेन सडक पहिलो चरणको कामअन्तर्गत घोराहीको डिके पेट्रोल पम्पदेखि सर्रा चोक र नारायणपुरको झारबैरादेखि दुधराससम्म र तुलसीपुर क्षेत्रमा बेलझुण्डीदेखि हात्तीखौवासम्म काम सुरु भएको भालुवाङ–बागदुलय, भिमगिठे–चन्द्रोटा–कृष्णनगर, लमही–तुलसीपुर सडक योजनाका इन्जिनियर पारशमणि हमालले जानकारी दिए ।
“ढिलै भए पनि काम सुरु भएको छ”, उनले भने, “अब काम द्रुतगतिमा अगाडि बढ्ने छ ।” सडकलाई चारलेन बनाउने जिम्मा पाएको भारतीय निर्माण कम्पनी तथ्य इञ्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालि मुम्बइ र सडक विस्तार योजना २०७५ पुस १३ गतेबाट काम सुरु गर्ने सम्झौता भएको थियो । तर सम्झौताको करीव एक वर्षपछि मंसिर दोस्रो सातादेखि निर्माणले काम सुरु गरेको छ ।
निर्माण कम्पनीले सम्झौताको मितिले ३० महिनाभित्र लमही–घोराही हुँदै तुलसीपुरसम्मको करीव ४९ किलो मिटर सडकलाई फोरलेनको रुपमा विस्तार गरिसक्नु पर्ने छ । सडक खण्ड फोरलेन गर्नका लागि भारतीय निर्माण कम्पनी तथ्य इञ्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालि मुम्वइले १ करोड २१ लाख ८२ हजार ३ सय अमेरिकी डलरमा जिम्मा लिएको छ । ३० महिनाभित्र काम सम्पन्न गर्ने गरी सम्झौता गरिएको छ ।
काममा कुनै समस्या नआएमा सम्झौता गरेको समयमा नै काम सकिने गरी काम भएको आयोजनाका इन्जिनियर हमालले बताए । निर्माणका लागि आवश्यक पर्ने सामाग्री सहज उपलब्ध हुनुपर्ने उनको भनाइ रहेको छ । अहिलेसम्म निर्माण सामग्रीको सहज नै उपलब्ध भएको हमाले बताए । अहिले दैनिक ५ सयदेखि ६ जनाले काम गरिरहेको उनको भनाइ छ ।
काममा समस्या आउन नदिनका लागि आफूहरुले पनि सहयोग गरेको उनको भनाइ छ । सडक छेउमा रहेका विद्युत्का पोल, खानेपानीको पाइप, रुख तथा अप्टीकल फाइवरको व्यवस्थापनको तयारी भइरहेको उनको भनाइ छ । विद्युत् कार्यालयले बटो निर्माण क्षेत्रमा प्राथमिकता दिएर काम गर्ने जनाएको हमालले बताए । विद्युतको पोल सार्नेका लागि आयोजनाले नै रकम प्रदान गर्ने भएको छ । विद्युत् प्राधिकरणलाई छिट्टै पोल हटाउन दिन आग्रह गरिएको इन्जिनियर हमालको भनाइ रहेको छ ।
त्यसपछि खरिद प्रक्रिया अनुसार अगाडि बढने जनाएको उनको भनाइ रहेको छ । डिभिजन वन कार्यालय दाङले बाटोमा रहेका रुखहरु हटाउन सहयोग गर्ने जनाएको छ । कार्यालयले आवश्यक पर्ने सहयोग गर्ने जनाएको छ । त्यसैगरी नेपाल टेलिकमसँग पनि छलफल भइसकेको हमालले बताए । “समयमा नै काम सम्पन्न गर्ने सवैको सहयोग रहने छ” इन्जिनियर हमालले भने । सडक चौडाइ गर्न लामो समय लाग्ने र त्यो सँगै बढ्दै जाने मंहगीले लागत बढ्ने कम्पनीको अनुमान छ । सडक चारलेन गराउँदा आवश्यक कच्चा पदार्थको परीक्षणको काममा ढिलाई हुँदा सम्झौता भन्दा ढिला काम सुरु भएको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्