नयाँ सहरको सपना

पहाडबाट तराईमा हुने बसाइँसराइ रोक्न आर्थिक वर्ष २०६७-६८ मा सरकारले ल्याएको नयाँ सहर योजनामा हालसम्म करोडौं रकम खर्च भइसकेको छ । तर, प्रतिफल न्यून छ । १ लाख जनसंख्या बसोबास गराउन आवश्यक सम्पूर्ण पूर्वाधारसहित योजनाबद्ध सहरीकरण गरी व्यवस्थित सेवा केन्द्र, कृषि, शैक्षिक, पर्यटन तथा अन्य सेवाहरूको विकास गर्न सरकारले योजना अघि सारेको थियो ।खुर्काेट बजारलाई जमिनको उपलब्धता, खानेपानी व्यवस्था, आर्थिक विकासको सम्भाव्यता, बस्तीको अवस्थिति, विद्युत्, जनसंख्या, बसाइसराइँलगायत आधारमा नयाँ सहरका लागि छनोट गरिएको थियो । तर नयाँ सहर बसाउने सरकारी योजना निर्धारित समयमा नै सम्पन्न हुनेमा आशंका देखिएको छ ।
सिन्धुली– मध्यपहाडी लोकमार्ग अन्तरगत सिन्धुलीको खुर्काेटलाई सुविधायुक्त नयाँ सहर बनाउने सरकारी योजना सुस्त गतिमा अघि बढिरहेको छ। हरेक वर्ष बजेट विनियोजन गरिए पनि कार्यान्वयनफितलो हुँदा नयाँ सहर बन्न अझै कत्ति समय लाग्ने हो टुंगो छ्र्रैन ।
पहाडबाट तराईमा हुने बसाइँसराइ रोक्न आर्थिक वर्ष २०६७-६८ मा सरकारले ल्याएको नयाँ सहर योजनामा हालसम्म करोडौं रकम खर्च भइसकेको छ । तर, प्रतिफल न्यून छ। १ लाख जनसंख्या बसोबास गराउन आवश्यक सम्पूर्ण पूर्वाधारसहित योजनाबद्ध सहरीकरण गरी व्यवस्थित सेवा केन्द्र, कृषि, शैक्षिक, पर्यटन तथा अन्य सेवाहरूको विकास गर्न सरकारले योजना अघि सारेको थियो।
खुर्काेट बजारलाई जमिनको उपलब्धता, खानेपानी व्यवस्था, आर्थिक विकासको सम्भाव्यता, बस्तीको अवस्थिति, विद्युत्, जनसंख्या, बसाइसराइँलगायत आधारमा नयाँ सहरका लागि छनोट गरिएको थियो । तर नयाँ सहर बसाउने सरकारी योजना निर्धारित समयमा नै सम्पन्न हुनेमा आशंका देखिएको छ ।
पहाडबाट बसाइसराई रोक्ने उद्देश्यले गोलन्जोर गाउँपालिका–७ खुर्कोटमा निर्माण भइरहेका आयोजनाको काम ढिलो हुँदा सुविधासम्पन्न नयाँ सहर बन्नेमा आशंका उब्जिन थालेको हो । आयोजना सुरु भएको ९वर्ष हुँदा पनि आशा लाग्दो गरी कुनै पनि काम नभएको खुर्कोटका स्थानीयहरू बताउछन् ।
स्थानीयमा उत्साह घट्यो
८ वर्षअघि सरकारले खुर्काेट बजारलाई नमुना सहरका रुपमा विकास गर्ने घोषणा गरेपछि खुर्काेटबासी निकै हर्षित भएका थिए । तर, लामो समय काममा सुस्तता कायम रहँँदा उत्साह घट्दै गएको स्थानीयहरू बताउछन् ।
अति आवश्यक पूर्वाधारको समेत महसुस गर्न नसकेका यहाँका स्थानीयलाई त्यो घोषणासँगै सुविधायुक्त जीवनयापन गर्ने आशा पलाएको थियो । आयोजना सुरु भएको आठ वर्ष बितिसक्दा पनि खुर्काेटमा कुनै आशालाग्दो काम हुन नसकेको स्थानीय छत्रबहादुर हायूले बताए । उनले भने, “नयाँ सहर परियाजनाको कामप्रति हामी निराश छौँ । खुर्काेटमा विकासले गति लिन्छ होला भनेको तर त्यस्तो हुन सकेन ।”
खुर्कोटमा नयाँ सहरको आयोजनामार्फत केही काम भए पनि अवधारणाअनुसार हुन नसकेको स्थानीय बताउँछन्। जग्गा एकीकरण गरिए पनि स्थानीयका लालपुर्जा फिर्ता भएको छैन। जग्गा एकीकरणका लागि स्थानीयबाट ६ सय ६८ रोपनी जंग्गा लिई किनबेच रोक्का गरिएको छ । किनबेच रोक्का गरिएको जग्गामा लामो समयसम्म जग्गा एकीकरणको काम अगाडि नबढ्दा स्थानीयले खेतबारीमा खेतीपाती गर्न सुरु गरिसकेका छन् । प्लानिङ अनुसार ‘ल्यान्ड पुलिङ’ को काम अझै हुन सकेको छैन् । ६६८ रोपनी जग्गाको केही ठाउँमा सडक ट्रयाक खन्ने, सडक निर्माण गर्ने तथा भित्री सडकको स्तरोन्नति र कालोपत्रेको काम भइरहेको छ ।
खुर्कोटलाई व्यवस्थित सहर बनाउन कम्तीमा ५० करोडभन्दा बढी खर्च लाग्ने आयोजनाका कर्मचारी गगन थापा बताउँछन्। उनका अनुसार हालसम्म नयाँ सहर आयोजनाले झण्डै ३० करोडभन्दा बढी खर्च गरिसकेको छ।
गत आर्थिक वर्ष २०७५र०७६ को असार मसान्तमा निर्माण सम्पन्न भएका २६ सय मिटरको खुर्कोट–राताटार, बिपी राजमार्गको सोलाभज्यांगदेखि ऐतिहासिक सिन्धुलीगढीसम्म पुग्ने सडक, ९ सय मिटरको खुर्कोटको ‘डी’ टोल सडक निर्माण भएको थापाले बताए ।
निर्माणभएका सडकमध्ये खुर्कोट–राताटार, बिपी राजमार्गको सोलाभज्याङदेखि सिन्धुलीगढीसम्म पुग्ने सडक भने चिराचिरा परेको छ । बर्खामा आएको बाढी र पहिरोले भत्किएको सडक अहिलेसम्म मर्मत हुन सकेको छैन । “निर्माण भएको ३ महिनामा नै सडक भत्कियो ।” थापाले भने, “भत्किएका सडक मर्मतका लागि सम्बन्धित ठेकेदारलाई पत्र पठाइसकेका छौँ, तर अहिलेसम्म काम हुन सकेको छैन ।”
“सुरुवातका वर्षहरूमा भन्दा अहिले बजेट पनि घटेको छ ।” कर्मचारी थापाले भने, “बजेट नै घटेपछि कसरी काम धेरै हुनु, हामीलाई जनशक्तिकोकुनै समस्या छैन, बजेट चाँही माग गरिए जसरी नै आए काम धमाधम अघि बढ्छ ।” गत वर्ष १७ करोड बजेट आएकोमा चालु आर्थिक वर्षमा भने सवाँ ९ करोड रुपैयाँ मात्रै बजेट रहेको उनले बताए ।
चालु आवको ५ महिना हुदाँसम्म केही काम हुन सकेको छैन । “अब पुस १५ देखि चाहिँटेन्डर लाग्छ ।” थापाले भने, “टेण्डर मार्फत अघिल्लो वर्षकै कामलाई निरञ्तरता दिँदै नयाँ ल्यान्ड प्लानिङ, ऐतिहासिक स्थल सिन्धुलीगढी र एउटा मन्दिरको सुधारमा लगानी गरिनेछ ।” साथै सोलार बत्तिसमेत जडान गरिने कार्यक्रम रहेको उनले बताए । अहिले सोलाभञ्ज्याङ, खनियाँ खर्क, बारा र खुर्काेट क्षेत्रमा १५४ वटा सोलार बत्ति जडान गरिसकिएको जनाइएको छ ।
नयाँ सहरमा एक लाख मानिस बसोबास गराउन आवश्यक सम्पूर्ण सुविधा र पूर्वाधार विकास गरिनेछ। खुर्कोटसाँघुरो भएकोले एक लाख जनसंख्या नअटाउने बताइएको छ। आसपासका अव्यवस्थित बस्तीसमेत समेटेर ०९० सालसम्ममा खुर्कोटसहित मध्यपहाडी राजमार्गले छोएका देशका दश वटै शहर आधुनिक र सुविधा सम्पन्न भइसक्ने योजना सरकारको छ।
नयाँ सहरमा सडक, खानेपानी, खेलकुद मैदान, बसपार्क, आधुनिक बस्ती, पार्क, स्कुल, कलेज, अस्पताल, तरकारी तथा फलफूल बजार, औद्योगिक क्षेत्रलगायत पूर्वाधार निर्माण गरिने भएपनि खर्कोटमा कुनै पनि काम पूरा भएका छैनन्।
खुर्कोटमा केही सडक बनाउने काम, कलेज बनाउने काम, बस बिसौनी र सडक छेउछाउमा सोलार बत्ती जडानको केही काम भएको छ । बाँकी खेलकुद मैदान, बसपार्क, फोहोरमैला व्यवस्थापन, पार्क, तरकारी तथा फलफूल बजार, औद्योगिक क्षेत्रका लागि जग्गा उपलब्ध नहुँदा काम अगाडि बढ्न नसकेको बताइएको छ । “खेल मैदान, बस पार्क, फोहोरमैला व्यवस्थापनका लागि बजेट आएको छ। तर जग्गा नहुदाँ काम हुन सकेको छैन्। यसले पनि अहिले समस्या भएको छ”, थापाले भने।
नयाँ शहरले बाह्य क्षेत्रसँग सम्बन्ध बढाउन मद्दत गर्ने भएकाले आसपासका ठाउँ र जिल्लामा समेत यसको सकारात्मक प्रभाव पर्ने आयोजना कार्यालयले जनाएको छ । नयाँ शहरको सूचीमा परेपछि खुर्कोटमा पहिलाको तुलनामा अहिले चहलपहल बढेको छ । होटल, अस्पताल, स्कुल खोल्ने क्रम बढ्न थालेको छ ।
खुर्कोट बीपी राजमार्गबाट रामेछापको मन्थलीतर्फको सडक छुट्टिने मात्र नभई मध्यपहाडी लोकमार्ग बीपी राजमार्गसँग जोडिने ठाउँ पनि हो। “बजारमा बस्ती विस्तार भइरहे पनि जमिनको अभाव देखिएको छ,” गोलन्जोर गाउँपालिका–७ खुर्कोटका वडाध्यक्ष सुवास देवकोटाले बताए ।
नमुना शहर बन्न अझै लामो समय कुर्नु पर्ने भएपनि खुर्कोट बजारमा सुविधा सम्पन्न होटल रेष्टुरेन्ट, होलसेल खाद्यन्न, हार्डवेयर, इलेक्ट्रिोनिकलगायतका व्यवसाय गर्नेहरूको लर्काे नै चलेको उनले बताए । बीपी राजमार्गअन्तर्गत सिन्धुली–खुर्कोट, मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट–मन्थली र खुर्कोट–घुर्मी–कटारी सडकको संगमस्थल भएका कारण पनि खुर्कोट छिटो गतिमा सहरका रुपमा परिणत हुन थालिसकेको अध्यक्ष देवकोटाले बताए । उनले भने, “खेतीकिसानी गर्नेहरू होटल, अन्य व्यापार व्यवसायमा लागेका छन् ।”
उनका अनुसार पछिल्लो समय खुर्काेटमा बसाइसराइ धमाधम हुँदैछ । धुलिखेल(बर्दिबास सडक सञ्चालन हुनु र खुर्काेटलाई नमुना सहरका रूपमा विस्तार गरिनुले पनि बसाइसराई बढेको हो । त्यसैले जग्गाको भाउ पनिअकासिएको छ ।
सिन्धुलीको माढिबजारदेखि नजिकैको दूरीमा रहेको खुर्कोट बजारमा बसाइसराइ र आवागमन ह्वात्तै बढेको छ । आवागमन बढेसँगै अहिले खुर्कोट बजारमा दैनिक करोडौंको कारोबार हुन थालेको छ । अस्पताल, वैंक तथा वित्तीय संस्था, विद्यालय, इलाका प्रहरी, होटल लगायतका सेवा पुगेका छन् ।
खुर्कोट आधुनिक सुविधा सम्पन्न सहर बनेपछि सिन्धुलीसहित रामेछाप, दोलखा, ओखलढुंगासम्मका मानिसले सुविधा पाउनेछन् । यहाँ हुने अस्पताल, स्कुल, कलेजलगायतका सेवाले खुर्कोट केन्द्रविन्दु हुने स्थानीयको अपेक्षा छ ।
२०९० सालसम्म खुर्कोटलाई आधुनिक सहरमा परिणत गर्ने लक्ष्य लिएको छ । सहरमा कम्तीमा एक लाख मान्छे बसोबास गराउने गरी पूर्वाधार निर्माण भइरहेको छ ।
यता नमुना सहर बन्न लागेको स्थानीय तह गोलञ्जोर गाउँपालिका स्वयं अन्योलमा छ । “न आयोजनाले योजनाको विषयमा जिम्मेवारी दिएको छ न बजेटका विषयमा नै खबर गरेका छन्,” गाउँपालिकाकी उपाध्यक्ष गंगादेविश्रेष्ठले भनिन्, “नमुना सहर बनाउने योजनाबारे थाहा छ तर हालसम्म समन्वय र साझेदारीका लागि सम्पर्कमा आएका छैनन् ।” समन्वयमा काम गर्न सके योजना कार्यान्वयनले गतिले लिने उनको भनाइ छ ।
मध्यपहाडी लोकमार्गले छोएका ५८ मध्ये १० वटा बजारलाई जमिनको उपलब्धता, खानेपानी व्यवस्था, आर्थिक विकासको सम्भाव्यता, बस्तीको अवस्थिति, विद्युत्, जनसंख्या, बसाइसराइँलगायत आधारमा नयाँ सहरका लागि छनोटमा पारिएको थियो। पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी गल्छी, तनहुँको डुम्रे भन्सार, बागलुङको बुर्तिबाङ, रुकुमको चौरजहारी, दैलेखको राकम कर्णाली, अछामको साँफेवगर र बैतडीको पाटनमा नयाँ सहर बसाउने सरकारी योजना छ ।