अर्घाखाँचीमा बस दुर्घटना, १७ को मृत्यु «

अर्घाखाँचीमा बस दुर्घटना, १७ को मृत्यु

अर्घाखाँची जिल्लको सन्धिखर्क नगरपालिका वडा नं. ६ नरपानी रातामाटामा बुधबार बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । चालकसहित घटनास्थलमै १७ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए ।
लु २ ख २१४८ नम्बरको बस दुर्घटना भएको हो । बस सडकबाट करिब ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । गाडी दुर्घटना भएको नरपानीदेखि घुम्तीसम्म दुर्घटना कम गराउनका लागी बाटो काट्ने काम हुँदाहुँदै गाडी दुर्घटना हुनाले जिल्लाबासी चिन्तित भएका छन् ।
निकै अफ्ठ्यारो भीर भएकाले उद्धार कार्य गर्न गाह्रो भएको थियो । दिउँसो करिब ४ बजे गाडी दुर्घटना भएको हो । गाडी चालक अन्दाजी वर्ष ३० का ओमबहादुर थापा वसन्त भन्नेको मात्रै सनाखत भएको छ । सन्धिखर्कबाट साढे १ बजे हिँडेको बस घुम्ती काट्दा रोकिएको थियो । बाटो करिब ४ बजे खुलेसँगै दुर्घटना भएको हो ।
अन्य मृतकको सनाखत हुन बाँकी रहेको छ । नरपानीको रातामाटामा दुई महिना नबित्दै ३ दुर्घटना भएका छन् । यसअघि कार दुर्घटना हँुदा २० दिन अगाडि एकै परिवारका तिन जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्