मुलुक आर्थिक समृद्धिको मार्गमा अघि बढ्ने घरेलु महासंघको अपेक्षा «

मुलुक आर्थिक समृद्धिको मार्गमा अघि बढ्ने घरेलु महासंघको अपेक्षा

नयाँ सरकार गठनपश्चात् मुलुक आर्थिक समृद्धिको मार्गमा अघि बढ्ने अपेक्षा गर्दै नेपाल घरेलु तथा साना उद्योग महासंघले नेपालको संविधान ०७२ अनुरुप संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो र नेपालको ४१ औं प्रधानमन्त्री बन्न सफल हुनु भएकोमा केपी शर्मा ओलीलाई बधाई ज्ञापन गरेको छ ।
मुलुकभरका तीन लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योगीहरूको छाता संगठन महासंघले मुलुकको आर्थिक विकासका लागि क्रियाशील रहन घोषणपत्रमार्फत सबै राजनीतिक दलहरूले प्रतिबद्धता जाहेर गरेको सन्दर्भमा नयाँ सरकार र सबै प्रमुख राजनीतिक दलहरू मुलुुकको आर्थिक विकासका लागि समर्पित रहनुपर्ने स्मरण गराउँदै यसप्रति प्रतिबद्ध रहन आग्रह पनि गरेको छ ।
नयाँ सरकारले अबको बाटो आर्थिक रुपान्तरणको हुनुपर्ने विषयलाई आत्मसात गरी आर्थिक समृद्धिको एजेण्डालाई नै प्राथमिकतामा राख्नुपर्नेमा महासंघको जोड छ ।
प्रधानमन्त्री ओलीको नेतृत्वमा लामो समयको अन्तरालपछि मुलुकमा वामपन्थीहरूको स्थायी सरकार गठन भएको परिप्रेक्ष्यमा अब मुलुक आर्थिक समृद्धिको मार्गमा अघि बढ्ने अपेक्षा गरिएको भन्दै महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले भन्नुभयो, “मुलुककोे आर्थिक समृद्धि तथा आत्मनिर्भरता र रोजगारी सिर्जनाको एउटा प्रमुख माध्यम लघु, घरेलु तथा साना उद्योग भएकाले यस स्थिर सरकारले यस्ता उद्योगको विकास र उद्योगबाट सिर्जित उत्पादनको प्रवद्र्धनका लागि नीतिगत व्यवस्था गरि स्थानीय, प्रदेश र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रभावकारी कदम चाल्ने अपेक्षा हामी लघु, घरेलु तथा साना उद्यमी र सम्पूर्ण निजी क्षेत्रले गरेका छौं ।”
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानबमोजिम ओलिको नेतृत्वमा सरकार गठन भई मुलुक नयाँ युगमा प्रवेश गरेको सन्दर्भमा मुलुकको अग्रगामी आर्थिक विकासका लागि दुरदर्शिता, अग्रगामी सोच र सबल नेतृत्वले छोटो समयमा नै आर्थिक संवाहकको रुपमा रहेका लघु, घरेलु तथा साना उद्योग क्षेत्रको विकास र प्रवद्र्धनमार्फत मुलुकले आर्थिक विकासमा फड्को मार्ने विश्वास व्यक्त गर्दै नयाँ नेतृत्वको सरकारको सफलताको शुभकामना व्यक्त गरेको पनि महासंघले जनाएको छ ।
स्थिर सरकार गठनसँंगै मुलुकले आर्थिक समृद्धि हासिल गर्ने विश्वास महासंघले गरेको छ । मुलुकको आर्थिक समृृद्धिका लागि स्थायी सरकारको महत्वमाथि चर्चा गर्दै महासंघले स्थायी सरकारले मुलुकको आर्थिक वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने जनाएको छ ।
प्रदेश सरकार र स्थानीय सरकारले पनि समुन्नतिका लागि स्थानीय कला, संस्कृतिको सम्बद्र्धन र संरक्षण गर्दै स्थानीयस्तरमा पाइने कच्चा पदार्थमा आधारित लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवद्र्धनका लागि कार्य गर्न आग्रह गर्दै महासंघले यस कार्यमा सबै स्तरमा सहयोग पुराउन प्रतिबद्धता व्यक्त गरेको छ ।
विगतमा लाखौं युवा वैदेशिक रोजगारीमा जान वाध्य भएको परिप्रेक्ष्यमा नेपालको आर्थिक समृद्धिको आधार र रोजगारी सिर्जनाको एउटा प्रमुख माध्यम लघु, घरेलु तथा साना उद्योग भएकाले अब बन्ने स्थिर सरकारले यस्ता उद्योगको विकास र यस्ता उद्योगबाट हुने उत्पादनको प्रवद्र्धनका लागि नीतिगत व्यवस्था गरी स्थानीय, प्रदेश र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रभावकारी कदम चाल्न आवश्यक रहेको महासंघले जोड दिएको छ ।
अब मुलुक संक्रमणकाल पूरा गरी स्थिरतातर्फ उन्मुख भएको हुँदा जनआकांक्षा अनुरूप मुलुक आर्थिक विकासको मार्ग तिर लाग्ने कुरामा विश्वास गर्न सकिने वातावरण बनेको महासंघले महसुस गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्