भारतमा स्मार्टफोनबाट खेती किसानी !

भारतमा करोडौं मानिस आफ्नो जीवनयापनका लागि कृषिमा निर्भर रहँदै आएका छन् । तर, उनीहरूमध्ये धेरैले रोगका कारण बालीनाली गुमाउने र उत्पादन भए पनि सही बजारमा लैजाने सही मूल्य पाउने समस्यासँग जुझ्दै आएका छन् । कतिपय स्टार्टअपले यो अवस्थामा परिवर्तन गर्ने प्रयास गरिरहेका छन् । भारतमा मोबाइल फोन प्रयोगको वृद्धिले यी कम्पनीहरू किसानलाई बालीनाली भिœयाउन र उनीहरूको बालीलाई थप सक्षम बनाउनका लागि स्मार्टफोन र इन्टरनेटको प्रयोग गरिरहेका छन् । प्रमुख खानाको मामिलामा भारत आत्मनिर्भर रहँदै आएको छ, तर १.३ अर्ब जनसंख्या र यसमा पनि वृद्धि भइरहेको अवस्थामा यो जनसंख्यालाई खुवाउनका लागि भारतले लगातार चुनौतीको सामना गरिरहेको छ । संयुक्त राष्ट्र संघको पछिल्लो अनुमानअनुसार भारतमा विश्वकै भोका मानिसको एकचौथाइ र १९ करोड कुपोषणमा परेका मानिसहरू छन् ।
“यो अवस्थाको पूर्ति गर्नका लागि प्रशस्त मात्रामा वित्तीय लगानी र सिपालु मानिस भारतमा व्यस्त हुन थालेका छन््,” डिजिटल ग्रिनका सह–सस्थापक तथा कार्यकारी निर्देशक रिकिन गान्धीले बताए ।
डिजिटल ग्रिनले किसानलाई बाली फलाउन, बिक्री गर्न र उत्पादन ढुवानी गर्नका लागि सहयोग गरिरहेको अवस्थामा प्लान्टिक्सले यसको बचत गर्न सहयोग गरिरहेको छ । यो एप जर्मन कम्पनी पेटाले २०१५ मा सिर्जना गरेको हो । विश्वमा यसका प्रयोगकर्ताको संख्या ११ लाख रहेकोमा यसको ८० प्रतिशत सक्रिय मासिक प्रयोगकर्ता भारतमा रहेका छन् ।
प्लानटिक्सले बालीमा रोगको पहिचान गर्नका लागि कृत्रिम बौद्धिकताको प्रयोग गरिरहेको छ । किसानले पनि आफ्नो स्मार्टफोनको माध्यमबाट तस्बिरहरू अपलोड गरिरहेका छन् । यसले विषादी, मलखाद, पोषणको प्रयोगका लागि अनलाइन रूपमा निर्देशित गर्दै आएको छ ।
“बालीचक्रको माध्यमबाट हामी किसानलाई विश्वासिलो सल्लाहकार बन्ने प्रयासमा लागिपरेका छौं,” प्लान्टिक्सको अन्तर्राष्ट्रिय वृद्धिका प्रमुख अक्षत मित्तलले बताए ।
यो एपले ५० भिन्न बालीमा लागेका ४ सय ५० भन्दा बढी पहिचान गर्न सक्षम भएको छ ।
स्मार्टफोनबाट खेती किसानी
यो कम्पनीले भारतमा विस्फोटक रहेको स्मार्टफोनको वृद्धि आफ्नो एपको सफलताका रूपमा मानेका छन् । २०११ मा भारतमा स्मार्टफोन प्रयोगकर्ताको संख्या ५ करोड थियो । हाल ४० करोडभन्दा बढी छ । तर, अभैm पनि देशको धेरै जनसंख्या अनलाइनमा आबद्ध भएका छैनन् ।
पाँच वर्षअगाडि यति संख्यामा स्मार्टफोनको प्रयोग नभएको र पाँच वर्षअगाडि यो समाधानको अवस्था नरहेको मित्तल बताउँछन् ।
इन्टरनेटको पहुँचको मूल्यमा पनि गिरावट आएको छ । मोबाइल डाटाको मूल्य पनि २०१६ को ३ डलर प्रति गिगाबाइटबाट २० सेन्टमा झरेको छ ।
डिजिटल ग्रिनको युट्यूब च्यानलको ‘भ्यू’ ५ करोड छ । तर, २०१७ सम्म कसैले पनि यो भिडियो हेर्ने नगरेको गान्धीले बताएका छन् । जियो र स्मार्टफोनका कारण विगत दुईदेखि तीन वर्षको अवधिमा ४ करोड ८० लाख भिउ थपिएको छ ।
गान्धी र डिजिटल ग्रिनको पछिल्लो परियोजनाले अन्य स्टार्टअपको प्रयोगका लागि फार्मस्टाक भनिने किसानहरूको डाटाबेस निर्माण गरिरहेको छ । भारतमा हाल ४ सय ५० भन्दा बढी एग्रिटेक स्टार्टअप रहेको प्रविधि संघ नास्कमले जनाएको छ ।
“किसानहरूले डाटाको नियन्त्रण गर्न सक्छन् र अन्य मानिससँग पनि उनीहरूले यसलाई बाँड्न सक्छन्,” गान्धीले बताए ।
डिजिटल ग्रिनले भारतमा पाएको आफ्नो सफलतालाई अन्य बजारहरू इथियोपिया, घाना र अमेरिकामा पनि विस्तार गर्न सक्छ । प्लान्टिक्स १ सय ५० मुलुकमा उपलब्ध छ र यसका धेरैजसो प्रयोगकर्ता भारतमा छन् ।
तर, कृषि र प्राविधिक रूपमा भारतले भावी वृद्धिमा मोडलका रूपमा सेवा पु¥याउन सक्छ ।