Logo

नेप्से परिसूचक १३ अंकले बढ्यो

काठमाडौं- नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव २८ अंकले उकालो लागेर एक हजार नौ सय ९२ दशमलव३० मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव १४ अंकले उकालो लागेर तीन सय ५५ दशमलव ९७ मा पुगेको छ ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये तीन उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा १० उपसमूहको शेयर मूल्यमा भने उकालो लागेको छ । विभिन्न कम्पनीका कूल ५९ लाख ८८ हजार सात सय १७ कित्ता शेयर रु दुई अर्ब एक करोड ७७ लाख ३९ हजार ६० मूल्यमा खरिद बिक्री भएका छन् । यस्तै, कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ ।

सो कम्पनीको रु नौ करोड ७१ लाख ८० हजार दुई सय २९ मूल्य बराबरको शेयर कारोबार भयो । हिमालयन रिइन्स्योरेन्स रु सात करोड ७५ लाख तीन हजार आठ सय २२, शिवम् मिसेन्ट रु छ करोड ६७ लाख ६७ हजार पाँच सय २८, गुर्खाज फाइनान्स रु छ करोड २६ लाख ६४ हजार १८ र सन नेपाल इन्स्योरेन्स रु छ करोड १८ लाख सात हजार नौ सय १८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । बोटलर्स नेपाल बालाजुको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, मनकामना स्मार्ट लघुवित्त आठ दशमलव १६, नेपाल वेयर हाउस कम्पनी सात दशमलव ६५, सोनापुर मिनरल्स सात दशमलव ३५ र सिवाइसी नेपाल लघुवित्तका लगानीकर्ताले छ दशमलव ७२ प्रतिशतले कमाएका छन् । यस्तै, समाज लघुवित्त १०, बिपीडब्ल्यू आठ दशमलव ७७, किसान लघुवित्त पाँच दशमलव ५६, गुर्खाज फाइनान्स पाँच दशमलव ३५ र ग्लोबल आइएमई ब्यालेन्स फण्ड पहिलोका लगानीकर्ताले तीन दशमलव ६० प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्