Logo

कुकुरलाई रेबिजविरुद्धको खोप

मनाङ – अन्नपूर्ण पैदलमार्गअन्तर्गत पर्ने मनाङमा ब्यक्तिगत तथा बेवारिसे अवस्थामा रहेका सडक कुकुरलाई रेबिजविरुद्धको खोप तथा चेकजाँच गरिएको छ । गत शुक्रबार अमेरिकी संस्था नेसनल जियोग्राफी संस्थाले मनाङको मनाङ ङिस्याङ गाउँपालिकाको उपर मनाङ, मुन्चे, भ्राका, ङावल, हुम्दे, पिसाङ, ढुकुरपोखरी र चामे गाउँपालिकाको चामे र बाटोमा भेटिएका ब्यक्तिगत तथा बेवारिसे अवस्थामा भेटिएका कुकुरलाई रेविजविरुद्धको खोप तथा चेकजाँच गरेको हो ।
वि.सं २०१४ बाट मनाङमा पर्ने अन्नपूर्ण पैदलमार्गमा रहेको ब्यक्तिगत तथा बेवारिसे अवस्थामा भेटिएका कुकुरको बारेमा काम गर्दै आएको संस्थाका मनाङ सहयोगी मुखिया गोदामेले बताए । २०१४ मा सुरु गरिएको यस कार्यक्रमलाई निरन्तरता दिनका लागि उक्त संस्था निरन्तर अन्नपूर्ण पैदमार्ग अन्तर्गत मनाङ र मुस्ताङमा काम गरेको गोदामेले बताए । २०१४ मा यस पैदलमार्गमा आन्तरिक तथा बाह्य पर्यटकको सुरक्षा र स्वास्थ्यलाई मध्यनजर गर्दै यो कार्यक्रम सञ्चालन गरेको संस्थाका पशु चिकित्सक डा. थ्रमले बताइन् ।
२०१४ बाट अन्नपूर्ण पैदलमार्गअन्तर्गत मुस्ताङमा पनि यो कार्यक्रम सञ्चालन गरिएको थियो । यस अन्नपूर्ण पैदलमार्गमा पर्ने मनाङ र मुस्ताङका स्थानीयवासीद्वारा नै यस खालको कार्यक्रम गर्न माग भएका कारण यो कार्यक्रम अन्नपूर्ण पैदलमार्गमा पर्ने मनाङ र मुस्ताङमा सञ्चालन गरिएको पशु चिकित्सक डा. थ्रमले बताइन् ।

प्रतिक्रिया दिनुहोस्