Logo

नवौं धादिङ महोत्सव गलौदीमा

धादिङ– ‘धादिङको दीगो विकास र अर्थतन्त्रको आधार, कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार’ भन्ने मूल नारासहित महोत्सवको आयोजना गरेको छ । महोत्सव गजुरी गाउँपालिका–५ गलौदीस्थित खेलमैदानमा माघ १० देखि २१ गतेसम्म सञ्चालन गर्ने तयारी गरेको छ । २०६४ सालमा प्रथम धादिङ महोत्सव गरेको धादिङ उद्योग वाणिज्य संघले नवौ महोत्सव २०८० सालमा गर्दैछ ।

गलौदीस्थित त्रिशुली किनार खेल मैदानमा हुन लागेको नवौ धादिङ महोत्सवको पत्रकार सम्मेलन गरी सार्वजानिक गरेका छन् । महोत्सवले कृषि, पर्यटन, औद्योगिक, व्यापारिक प्रदर्शनी साथै स्थानीय उत्पादनको प्रचार प्रसार र प्रवर्द्धन गर्न र जिल्लाको सांस्कृतिक विविधताको संरक्षणमा सहयोग पुग्ने अपेक्षा रहेको धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु थपलियाले बताए ।

‘महोत्सवमा १५० वटा स्टल रहनेछ । त्यसमध्ये ५० वटा स्टलहरु जिल्ला भित्रका विभिन्न प्रकारका सेवा र वस्तुहरुको प्रवर्द्धनात्मक र पहिचान झल्कने गरी १३ वटै स्थानीय तहसँगको सहकार्यमा निःशुल्क प्रदान गरिने अध्यक्ष थपलियाले बताए । ‘महोत्सवमा मुख्यतया घरेलु उत्पादन, कृषि उत्पादन, स्थानीय पहिचानसहितको वस्तु तथा सेवा प्रवर्द्धनमा जोड दिइनेछ । पर्यटनमा जलयात्रा पहिलो प्राथमिकता रहेको छ ।

महोत्सवको आम्दानीबाट संघको संस्थागत विकासमा ठोस योगदान पुगोस भन्ने उद्देश्यका साथ व्यवसायिक पुस्तकालयसहितको व्यावसायिक सूचना केन्द्र र सुविधा सम्पन्न सभाहल निर्माणको योजनासहित प्रक्रिया सुरु भएको बताइएको छ । त्रिशुली किनारमा आयोजना गरिएको नवौं सस्करण तथा गलौदीमा तेस्रो पटक माघ १० देखि २१ गतेसम्म महोत्सव आयोजना गरिएको छ । धादिङ उद्योग वाणिज्य संघले त्रिशुली किनारमा यसअघि गलौदीमा २०६८ र २०७० चरौदीमा २०७५ सालमा महोत्सव समपन्न गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्