तयारी पोसाक उद्योग संघमा पाण्डे

काठमाडौं– नेपाल तयारी पोसाक उद्योग संघ अध्यक्षमा पशुपतिदेव पाण्डे निर्विरोध निर्वाचित भएका छन् । प्योर क्लोथिङका सञ्चालकसमेत रहेका पाण्डेको नेतृत्वमा संघको नयाँ कार्यसमिति चयन भएको हो ।
उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्यसमेत रहेका पाण्डेले दोस्रो पटक संघ अध्यक्षमा निर्विरोध भएका हुन् । यस्तै, संघको निवर्तमान अध्यक्षमा चण्डीप्रसाद अर्याल, प्रथम उपाध्यक्षमा वसन्तराज अधिकारी र उपाध्यक्षमा भुपेन्द्रकुमार बस्नेत निर्विरोध निर्वाचित भएका छन् ।
महासचिवमा भीमकुमार गिरी, सहसचिवमा थोमनाथ बस्याल, कोषाध्यक्षमा सञ्जयकुमार अग्रवाल निर्वाचित भएका छन् । कार्यसमिति सदस्यमा क्रमश: सतिस गिरी, सचिन्द्र प्रधानांग, कृष्णप्रसाद पाण्डे, सुरेशमान श्रेष्ठ, हिराकाजी मुक्तान र रमेशकुमार कर्ण निर्वाचित भएका छन् ।