Logo

व्यक्तिगत लगानीमा पुल निर्माण

ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका–५ का स्थानीय आङ पासाङ शेर्पाले आफ्नो व्यक्तिगत लगानीमा दुईवटा पुल निर्माण गरेका छन् ।पर्यटन व्यवसायीसमेत रहेका शेर्पाले आफ्नै लगानीमा खिजीदेम्बा गाउँपालिका– ५ र ६ वडा जोड्ने चुप्लु खोलामा र ९ नम्बर वडा जोड्ने चुप्लु खोलाकै अर्को ठाउँमा दुईवटा पुल निर्माण गरेका हुन् । गाउँका ठाडो खोलामा वर्षाको समयमा आउने भेलका कारण स्थानीयलाई आवजजावतमा समस्या भएकाले पुल निर्माणमा सहयोग गरेको शेर्पाले बताए । विद्यार्थीलाई विद्यालय जान आउनसमेत खोलामा आएको भेलले अवरोध गर्ने गरेकाले पुल बनाएर समस्या समाधान गरेको शेर्पाको भनाइ छ । ‘गाउँमा सानासाना समस्या छन् । समाधानमा कसैको चासो देखिएन त्यसैले मैले आफौले आफ्नो गाउँको विकासका लागि सहयोग गरेको हुँ’, शेर्पाले भने, ‘खोलामा आउने बाढीमा परेर कसैले ज्यान गुमाउन नपरोस् र कष्टकर यात्रा गरेर जोखिम मोल्न नपरोस् भनेर पुल बनाउन सहयोग गरेको हुँ ।’ शेर्पाले पुल निर्माण र बाटो मर्मतका लागि दुई लाख ५० हजार रुपैयाँ रकम खर्च गरेका छन् । खोलामा पुल निर्माणपछि त्यसक्षेत्रमा यात्रा गर्नेलाई सहज भएको थामथोले आधारभूत विद्यालयका प्रधानध्यापक राजेन्द्र सुनुवारले बताए  । 

प्रतिक्रिया दिनुहोस्