बीमालेख धितोकर्जा १८ प्रतिशत घट्यो «
Logo

बीमालेख धितोकर्जा १८ प्रतिशत घट्यो

काठमाडौं– पछिल्लो एक वर्षमा जीवन बीमालेख धितोकर्जा १८ प्रतिशतते घटेको छ । नेपालमा सञ्चालन रहेका १४ जीवन बीमा कम्पनीहरूका बीमितले पाउने बीमालेख धितोकर्जा १८ दशमलव ७१ प्रतिशतले घटेको हो । कुनै बीमा कम्पनीले उल्लेख्य कर्जा विस्तार वृद्धि गर्दा कुनै कम्पनीको भने उल्लेख्य गिरावट आएको छ । ११ जीवन बिमा कम्पनीको कर्जा विस्तार वृद्धि हुँदा तीन कम्पनीको भने ऋणात्मक रहेको छ ।

कम्पनीहरूले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार बीमितले पाउने बीमालेख धितोकर्जा घटेको हो । चालु आर्थिक वर्षको तीन महिनामा सञ्चालित १४ जीवन बीमा कम्पनीहरूले बीमितहरूलाई एक अर्ब ४८ करोड ८८ लाख रुपैयाँ बराबरको बीमालेख धितोकर्जा प्रदान गरेका छन् । गत आवको सोही अवधिमा बीमितहरूले एक अर्ब ८३ करोड रुपैयाँ बराबरको बीमालेख धितोकर्जा वापतको सुबिधा पाएका थिए ।

गत आवको पहिलो त्रैमाससँग तुलना गर्दा चालु आवको सोही अवधिमा सबैभन्दा बढी बीमालेख कर्जा लाइफ इन्स्योरेन्स (कर्पोरेशन) नेपालले दिएको छ । यस कम्पनीले बीमितलाई सबैभन्दा बढी ५३ करोड १८ लाख रुपैयाँको बीमालेख धितोकर्जा उपलव्ध गराएको छ । गत आवको तुलनामा यस्तो कर्जा १० दशमलव १४ प्रतिशतले वृद्धि भएको छ । तीन महिनामा नेशनल लाइफको बीमालेख धितोकर्जा २२.०८ प्रतिशतले वृद्धि भई २१ करोड ६१ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, हिमालयन लाइफको ८८ प्रतिशतले वृद्धि भई २० करोड ४८ लाख रुपैयाँ बीमालेख धितोकर्जा विस्तार भएको छ । एशियन लाइफको १२८ प्रतिशतले कर्जा विस्तार बढेर १४ करोड ४८ लाख रुपैयाँ पुगेको छ । नेपाल लाइफले ११ करोड ५६ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ११ करोड ५० लाख रुपैयाँ पुगेको छ ।

राष्ट्रिय जीवन बीमा कम्पनीले पाँच करोड ५५ लाख रुपैयाँ जीवन बीमालेख धितोकर्जा विस्तार गर्दा मेट लाइफले पाँच करोड ६ लाख रुपैयाँ विस्तार गरेको छ । सिटिजन लाइफ इन्स्योरेन्सले एक करोड ८० लाख रुपैयाँ बराबरको बीमितलाई बीमालेख धितोकर्जा प्रवाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्