नेपालमा लगानी बढ्दैछः अर्थमन्त्री «

नेपालमा लगानी बढ्दैछः अर्थमन्त्री

फाइल तस्बिर ।

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा धेरै विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने बताएका छन् । सोमबार काँग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेपालमा लगानी बिस्तरै बढ्दै गइरहेको बताए ।

उनले नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी विदेशी पर्यटक भित्रिने दाबी गरे । उनले विदेशी पर्यटकहरुको कारण अर्थतन्त्र चलायमान बन्ने र आर्थिक गतिविधिहरु बिस्तारै बढ्दै जाने बताए । उनले अर्थतन्त्रका सूचकहरु सकारात्मक भइरहेकाले अर्थतन्त्र थप चलायमान बन्ने बताए । अर्थमन्त्री महतले अर्थतन्त्र थप चलायमान बनाउन विज्ञहरुसँग थप सुझाव सल्लाह लिएर अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्