दशैंमा साढे ६९ लाख रूपैयाँका खसीबोका बिक्री

बिर्तामोड- झापामा यो वर्षको दशैंमा ६९ लाख ६० हजार रूपैयाँका खसीबोका बिक्री भएका छन् । झापाको बिर्तामोड –२ चारपानेमा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले दशैंमा ६९ लाख ६० हजार रूपैयाँ मूल्यको खसीबोका बिक्री गरेको हो ।
सहकारी संस्थाबाट कृषि कर्जा लिएर व्यावसायिक बाख्रापालन गरेका झापा र इलामका कृषकबाट यसवर्षको दशैंमा ती खसीबोका नगदै किनेर उपभोक्ताहरूलाई बिक्री गरिएको संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले बताए । आफूहरूले झापा र इलाम जिल्लाका कृषकहरूबाट खसीबोका किनेर ती खसीबोकाको स्वास्थ्य परीक्षण गरेर मात्र बजारमा बिक्रीका लागि पठाएको उनको भनाइ छ ।
उक्त सहकारीले विगत वर्षमा पनि झापा र इलाम जिल्लाका आफ्ना सदस्य कृषकको खसीबोका किनेर चाडपर्वका बेला खुला बजारमा बिक्री गर्दै आएको संस्थाका निर्देशक लक्ष्मण खतिवडाले बताए । यो वर्षको दशैंमा पहिलो पल्ट झापा र इलाम जिल्लाका कृषकबाट संकलित खसीबोका काठमाडौंसम्म लगेर बिक्री गरिएको उनले जानकारी दिए । दशैंमा औसत ३० केजीका ४ सय वटा खसीबोका बिक्री भएको सहकारीका कृषि युनिट प्रमुख कमलेश्वर भाटले बताए ।
सहकारीबाट कृषि कर्जा लिएर व्यावसायिक बाख्रापालन गरेका झापा र इलाम जिल्लाका कृषकबाट ती खसीबोका जिउँदै तौलिएर खोरबाटै नगदमा किनेर संस्थाले लगिदिँदा ती कृषक लाभान्वित भएको उनले बताए । उक्त सहकारीबाट कृषि कर्जा लिएर व्यावसायिक बाख्रापालन गरेका झापा र इलाम जिल्लाका कृषकबाट किनिएको खसीबोका झापा, इलाम, मोरङ, सुनसरी, उदयपुर र पाँचथर जिल्लामा बिक्री गरिएको उनले बताए ।
संस्थाबाट कृषि कर्जा लिएर व्यावसायिक बाख्रापालन गरेका झापा र इलाम जिल्लाका कृषकबाट खसीबोका जिउँदै तौलिएर प्रति केजी ५८० रुपैयाँमा बिक्री गरिएको भाटले जानकारी दिए । संस्थाले कृषकलाई व्यावसायिक बाख्रापालनमा प्रोत्साहित गर्न ऋणसँगै निःशुल्क तालिम, प्राविधिक सहयोग र बीमा प्रदान गरेको संस्थाका कृषि युनिटका प्रमुख भाट बताउँछन् । संस्थाबाट कृषि कर्जा लिएर व्यावसायिक बाख्रापालन गरेका झापा र इलाम जिल्लाका कृषकहरूले उत्पादन गरेका खसीबोका संस्थाले किनेर बिक्री गरिदिने गरेको उनको भनाइ छ ।
संस्थाले ६ वटा जिल्लामा चार सयको संख्यामा फ्रेस हाउसमा लगानी गरेको र ती फ्रेस हाउसले पनि किसानका खसीबोका अरू बेला किन्ने व्यवस्था मिलाएको उनले बताए । बाख्रापालक कृषक र फ्रेस हाउसबीच व्यापारिक सम्बन्ध गाँसिदिदा दुबै पक्षलाई फाइदा भइरहेको र बजारीकरणको कुनै समस्या नभएको उनले बताए । बाख्रापालक कृषकहरूलाई निःशुल्क प्राविधिक सहयोग पु¥र्याउन उक्त सहकारीले पशु चिकित्सकसहित १० जना कर्मचारी परिचालन गर्दै आएको भाटले बताए ।