Logo

फापर खेतीले ढकमक्क मनाङ

मनाङ-हिमाली जिल्ला मनाङका माथिल्ला भेगहरू आजभोली निकै रमणीय र सुन्दर देखिएका छन् । मनाङ आफैमा सुन्दर र रमणीय भएपनि मौसम अनुसारको खेतीले पनि सुन्दरता थपिएको छ । मनाङका माथिल्ला भेगहरूमा लगाइको फापर खेतीका कारण थप सुन्दरता थपिएको हो । सदरमुकाम चामे आसपासका क्षेत्रहरू पिसाङ, उपर पिसाङ, हुम्डे, मुन्चे, भ्राका, उपर मनाङ, टंकी मनाङ र खाङ्गसारलगायतका गाउँमा फापरका कारण रङ्गीचङ्गी बनेको छ ।
फापर फुल्ने समय भएकाले मनाङका माथिल्ला भेगहरू निकै रमणीय तथा सुन्दर देखिनुका साथै आन्तरिक तथा बाह्य पर्यटकहरू त्यसमा रमाउने गरेका छन् ।
फापर खेतीले गर्दा पनि यो समय मनाङ जिल्लाका सबै जसो स्थानहरू रमणीय र सुन्दर देखिन्छ । फापर आन्तरिक र बाह्य पर्यटकको पनि पहिलो रोजाइमा पर्ने गरेको स्थानीयको भनाइ छ । फापरको रोटीलगायत अन्य परिकार बन्ने भएकाले पर्यटकहरूको रोजाइमा पर्ने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्