बस दुर्घटनामा, तीनको मृत्यु «

बस दुर्घटनामा, तीनको मृत्यु

सुर्खेतमा बधबार यात्रुवाहक बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । जाजरकोटबाट नेपालगञ्ज आउँदै गरेको ना ४ ख ९३१७ नम्बरको बस बबई नदीको हर्रे मोडमा बिहान ३ बजे दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनामा तीनजनाको मृत्यु भएको छ भने २५ जना घाइते छन् । एक जनाको घटनास्थलमा र दुईजनाको कोहलपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
उता, डडेल्धुरामा जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। जिल्लाको भागेश्वर गाउँपालिका–४ सेरागाडमा म १ ज २१० नम्बरको जीप दुर्घटना हुँदा बैतडीको पाटन नगरपालिका–७ तिम्तोलीका ६५ वर्षीया मानमती चन्दको मृत्यु भएको हो । दुर्घटनामा ३ जना सामान्य घाइते भएका छन् । घाइते तीनैजनालाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्