सिएनआई कोशी प्रदेशमा सारडा «

सिएनआई कोशी प्रदेशमा सारडा

विराटनगर– उद्योगी पवनकुमार सारडा नेपाल उद्योग परिसंघ (सिएनआई) कोशी प्रदेशको अध्यक्षमा चयन भएका छन् । त्यसैगरी प्रकाश मुन्दडा वरिष्ठ उपाध्यक्षमा चयन भएका छन् । सिएनआई प्रदेश समितिमा ६ जना उपाध्यक्ष र तीन जना मानार्थ उपाध्यक्ष रहने व्यवस्था छ । उपाध्यक्षहरूमा नवलकिशोर काबरा, देवेन्द्रप्रसाद गुप्ता, सुशील जोशी, कृष्ण अग्रवाल, दीपक पौडेल र गिरिजा सारडा चयन भएका छन् ।

घनश्याम काबरा, रमेश राठी र गिरिस लुनियाले मानार्थ उपाध्यक्ष र कोषाध्यक्षमा साकेत राठीले जिम्मेवारी प्राप्त गरेका छन् । सदस्यमा राजेन्द्र राठी, डेनिस कार्की, दिवस सुवेदी, वेदान्त जाजू, कर्ण रायमाझी, मधुर दुगड, ऋषभ दाहाल, मुकेश कोठारी, जितेन्द्र राठी, अविदअली अन्सारी, अजिता बराल, पुनित पौडेल, हरिवंश राठी, सन्नी अग्रवाल, पवन पंकज पारख, दिवाकर राठी र अजय राठी चयन भएका छन् ।

प्रमुख सल्लाहकारमा मोरङ व्यापार संघका पूर्वअध्यक्ष महेश जाजु चयन भएका छन् । वासुदेव गोल्याण, सुशील धनावत, सन्तोष रिजाल, शंकरलाल ग्रवाल र श्रीनिवास सारडालाई सल्लाहकार मनोनयन गरिएको छ । यसै गरी सिएनआईको मानार्थ सदस्यमा महेश पौडेल, राजन भगत, रीता ढकाल, अनुप सिग्देल, संजीव सिग्देल, अमित सिंघल, रजत तोदी, निखिल तोदी, प्रशान्त तातेड र भवेश राठी चयन भएका छन् ।

एक कार्यक्रमकाबीच नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिएको छ । परिसंघका केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेश अध्यक्ष भीम घिमिरेले सारडालाई पद हस्तान्तरण गरेका हुन् । घिमिरेको कार्यकाल एक वर्ष बाँकी रहे पनि उनी केन्द्रीय पदाधिकारीमा चयन भएपछि सारडालाई अध्यक्ष चयन गर्दै पद हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्