ग्लोबल आइएमईको एक्सटेन्सन काउन्टर विस्तार

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले गुल्मीकोे मुसीकोट नगरपालिका–५ इन्द्रेगौंडा बजारमा ६६औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
उक्त एक्सटेन्सन काउन्टरको नगरपालिकाका मेयर जिवलाल खरेल जीवनले उद्घाटन गरेका छन् । सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंक वामी शाखाको मातहतमा रहनेगरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो ।
एक्सटेन्सन काउन्टरबाट निक्षेप संकलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ सेवा दिने, रेमिटेन्सको सुविधा प्रदान गर्ने लगायत सबै किसिमका साधारण बैंकिङ सेवाहरु उपलब्ध हुनेछन् । सोही अवसरमा बैंकले मुसीकोट नगरपालिका–५ वरपरका बासिन्दालाई लक्षित गरी डिजिटल बैंकिङ र रेमिटेन्स सम्बन्धी वित्तीय साक्षारता कार्यक्रमसमेत आयोजना गरेको थियो ।