Logo

प्राइम बैंकको सीईओमा मानन्धर

काठमाडौं– प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतमा सञ्जीव मानन्धर नियुक्त भएका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ बमोजिम चार्टर्ड एकाउण्टेन्ट मानन्धरलाई शुक्रबार बसेको सञ्चालक समितिको बैठकले नियुक्त गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मानन्धरले सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । श्रेष्ठले मानन्धरको नेतृत्वमा बैंकले उत्तरोत्तर प्रगति गर्ने आशा व्यक्त गरे । स्थापनाकालदेखि नै बैंकमा महाप्रबन्धकका रुपमा कार्यरत मानन्धर यसअघि बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए ।

प्रमुख कार्यकारी अधिकृत मानन्धरको बैंकिङ क्षेत्रमा २३ वर्ष भन्दा लामो अनुभव छ । तत्कालीन नेपाल इन्भेष्टमेण्ट बैंकबाट बैंकिङ करियर शुरु गरेका चार्टर्ड एकाउण्टेण्ट मानन्धरले राष्ट्रिय वाणिज्य बैंकको विदेशी व्यवस्थापनसँग आवद्ध रहेर पनि काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्