दाङका १० प्रतिशत परिवार भाडामा

दाङ– जिल्लामा करिव १० प्रतिशत परिवार भाडामा बस्ने गरेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार जिल्लामा ९.४ प्रतिशत परिवार भाडामा बस्ने गरेका छन् ।
जिल्लामा १ लाख ६२ हजार २ सय ६६ परिवार रहेका छन् । जसमा ८९.८ प्रतिशत परिवार आफनै घरमा, ०.४ प्रतिशत संस्थागत र ०.४ प्रतिशत अन्यमा बस्ने गरेका छन् । लुम्बिनी प्रदेशमा ११ लाख ४१ हजार ३ सय ४५ परिवार रहेका छन् । जसमध्ये ९०.८ प्रतिशतको आफ्नै घर रहेको छ भने ८.३ प्रतिशत भाडामा, ०.४ प्रतिशत संस्थागत र ०.५ प्रतिशत अन्यमा बसोबास गर्ने गरेका छन् । जिल्लामा सबै भन्दा बढी घोराही उप–महानगरपालिकामा भाडामा बस्ने गरेको तथ्यांकले देखाएको छ ।
जहाँ १३.६ प्रतिशत परिवार भाडामा बस्ने गरेका छन् । यसरी भाडामा बस्नेबाट लिने वहाक कर स्थानीय तहहरुको आम्दानीको प्रमुख स्रोतको रुपमा रहेको छ । भर्खरै सकिएको चालु आर्थिक वर्षमा शहरी क्षेत्रमा रहेका स्थानीय तहहरुले घर वहाल करमार्फत लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको जनाएका छन् । अन्य आम्दानीको स्रोतबाट कम राजस्व संकलन भएपनि घर वहाल करबाट लक्ष्य भन्दा बढी राजस्व संकलन भएको उनीहरुको भनाइ छ ।
जिल्लामा २ उप–महानगरपालिका १ नगरपालिका र ७ गाउँपालिका रहोक छन् । ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा भाडामा बस्नेहरुको संख्या बढी रहेको छ । शिक्षा, रोजगारी तथा विभिन्न अवसरको खोजीका लागि सहर बसाइँ सराइ गर्ने क्रमसमेत बढदै गएको छ । बंगलाचुली गाउँपालिकामा ५ हजार १ सय ३९ परिवार रहेका छन् । जसमा ९७.३ प्रतिशतको आफ्नै घर रहेको छ भने १.८ प्रतिशत भाडामा ०.३ प्रतिशत संस्थागत र ०.७ प्रतिशत अन्यमा बसोबास गर्ने गरेका छन् ।
घोराही उप– महानगरपालिकामा ४९ हजार ७ सय ६१ परिवार रहेका छन् । जसमा ८५.५ प्रतिशतको आफ्नै घर रहेको छ भने १३.६ प्रतिशत भाडामा, ०.४ प्रतिशत संस्थागत र ०.६ अन्यमा बसोबास गर्ने गरेका छन् । तुलसीपुर उप– महानगरपालिकामा ४६ हजार १८ परिवार रहेका छन् । जसमा ८६.४ प्रतिशतको आफ्नै घर रहेको छ भने १३ प्रतिशत भाडामा, ०.२ प्रतिशत संस्थागत र ०.३ प्रतिशत अन्यमा बसोबास गर्ने गरेका छन् । शान्तिनगर गाउँपालिकामा ६ हजार ९ सय १९ परिवार रहेका छन् । जसमध्ये ९७.७ प्रतिशतको आफ्नै घर रहेको छ । भने १.४ प्रतिशत भाडामा, ०.१ प्रतिशत संस्थागत र ०.८ प्रतिशत अन्यमा बसोबास गर्ने गरेका छन् ।
बवई गाउँपालिकामा ७ हजार ५ सय २७ परिवार रहेका छन् । जसमध्ये ९६.४ प्रतिशतको आफ्नै घर रहेको छ भने ३ प्रतिशत भाडामा, ०.१ प्रतिशत संथागत र ०.४ प्रतिशत अन्यमा बसोबास गर्ने गरेका छन् । दंगीशरण गाउँपालिकामा ५ हजार ८ सय २४ परिवार बसोबास गर्ने गरेका छन् । जसमध्ये ९८.१ प्रतिशतको आफ्नै घर रहेको छ भने १.४ प्रतिशत भाडामा, ०.२ प्रतिशत संस्थागत र ०.२ प्रतिशत अन्यमा बसोबास गर्ने गरेका छन् ।
त्यसै गरेर लमही नगरपालिकामा १३ हजार ४ सय ५८ परिवार बसोबास गर्ने गरेका छन् । जसमध्ये ९०.३ प्रतिशतको आफ्नै घर रहेको छ भने ७.९ प्रतिशत भाडामा, १.५ प्रतिशत संस्थागत र ०.३ प्रतिशत अन्यमा बसोबास गर्ने गरेका छन् । राप्ती गाउँपालिकामा ११ हजार ८ सय २६ परिवार बसोबास गर्ने गरेका छन् । जसमध्ये ९३.६ प्रतिशतको आफ्नै घर रहेको छ भने ५.६ प्रतिशत भाडामा, ०.३ प्रतिशत संस्थागत र ०.४ प्रतिशत अन्यमा बसोबास गर्ने गरेका छन् ।
गढवा गाउँपालिकामा ९ हजार ९ सय ६४ परिवार बसोबास गर्ने गरेका छन् । जसमध्ये ९७.५ प्रतिशतको आफ्नै घर रहेको छ भने २.० प्रतिशत भाडामा, ०.२ प्रतिशत संस्थागतमा र ०.३ प्रतिशत अन्यमा बसोबास गर्ने गरेका छन् । राजपुर गाउँपालिकामा ५ हजार ८ सय २९ परिवार बसोबास गर्ने गरेका छन् । जसमध्ये ९८.१ प्रतिशतको आफ्नै घर रहेको छ भने १.४ प्रतिशत भाडामा, ०.३ प्रतिशत संस्थागत र ०.२ प्रतिशत अन्यमा बसोबास गर्ने गरेको राष्ट्रिय जनगणनाको तथ्यांकमा उल्लेख गरिएको छ ।