युवा उद्यमशीलता शिखर सम्मेलनमा वल्र्डलिंकको सहकार्य

काठमाडौं– नेपाल सरकार, राष्ट्रिय युवा परिषद्, बागमती प्रदेश सरकार र नेपाल बिजनेस इन्स्च्यिुट (एनबीआई) ले संयुक्तरुपमा आयोजना गर्ने नेपाल युवा उद्यमशीलता सिखर सम्मेलनको तेस्रो संस्करणमा वर्ल्डलिंक कम्युनिकेशन इन्टरनेट साझेदारकारुपमा सहकार्य गर्ने भएको छ । सम्मेलनमा सहकार्यबारे बुधबार सम्मेलन मुल आयोजक कमिटिका संयोजक बिशाल गैरे र वल्र्डलिंक कम्युनिकेशनका सञ्चालक मनोज अग्रवालबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
डिजिटल नेपाल निमार्णमा सहकार्य गरिरहेको वल्र्डलिंकले युवा उद्यमीहरुलाई प्रोत्साहन र उद्यमशीलताको वातावरण निमार्णका लागि सम्मेलनमा साझेदारी गरेको वल्र्डलिंकका सञ्चालक अग्रवालले बताए । उनका अनुसार वल्र्डलिंकले संस्तो, गुणस्तरीय र सर्वसुलभ इन्टरनेट प्रदान गरी देशभरकै युवाहरुलाई इन्टरनेटको पँहुच ल्याउनका लागि प्रयास गरिरहेको छ ।
त्यसैगरी नेपाल बिजनेस इन्स्च्यिुटका अध्यक्षसमेत रहेका सम्मेलनका संयोजक गैरेले युवाहरुलाई प्रोत्साहित गर्ने, स्टार्टअप उद्यमहरुलाई सहजिकरण गर्ने, सरकारको निति, कार्यक्रम र बजेट युवाद्यमीमैत्री बनाउने तथा नेपालको युवा उद्यमशीलतामार्फत समृद्धि हासिल गर्नका लागि युवा उद्यमशीलताको भिजन डकुमेन्ट २०३० का निर्माण एवं कार्यान्वयनका लागि यो सिखर सम्मेलन उपलब्धीमूलक हुने बताए ।
उनका अनुसार ७० जिल्लामा ५०० युवा उद्यमीहरु सिखर सम्मेलनमा सहभागी हुने छन् । सम्मेलनले कोभिड १९ र पछिल्लो वित्तीय चुनौतीको समाधान पहिल्याउन तथा युवा उद्यमशीलता प्रवर्द्धनका लागि लगानीका प्राथमिकता प्राप्त क्षेत्रको पहिचान गरी स्टार्टअप उद्यममा युवाहरुको आकर्षण बनाउनका लागि मार्गदर्शन गर्ने आयोजकको भनाइ छ ।
त्यसैगरी युवा उमेर समुहका उद्यमी बन्न चाहने युवाहरु, उद्यम गरिरहेका युवाहरु र स्टार्टअपमा लगानी गरिरहेका लगानीकर्ताबीचको उच्चस्तरीय नेटवकिङ् र लगानी सम्झौताका लागि र युवाहरुमा वित्तीय पहुँच, सरकारी नीति, करनीति, स्टार्टअप प्रोगाम, स्टोरी सियरिङ, समुहगत छलफल, र स्टाटअर्प बिजनेसबारे युवा उद्यमीहरुको क्षमता अभिवृद्धिमा सम्मेलन केन्द्रीत हुने बताइएको छ ।