Logo

सेन्ट्रल फाइनान्सको वित्तीय साक्षरता

सेन्ट्रल फाइनान्स लिमिटेड भैरहवा शाखाले वित्तीय साक्षरता तथा डस्टबिन वितरण कार्यक्रम गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डीस्थित मदरसा अरबीया अशरफिया फैजुल इसलाममा उक्त कार्यक्रम गरिएको हो ।

कार्यक्रममा संस्थाको भैरहवा शाखा प्रमुख अरुण अधिकारीले मदरसालाई ७ थान डस्टबिन तथा मदरसाका विद्यार्थीलाई १०० थान कपि, १०० थान कलम, २५ थान ज्योमेट्रि बक्स वितरण गरेका थिए । शाखा प्रमुख अधिकारीले ‘सेन्ट्रल फाईनान्स लिमिटेडले वित्तीय कारोबारसँगै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिए ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्थाको रुपमा विगत २६ वर्षदेखि गुणस्तरीय बैंकिङ्ग सेवा दिंदै आएको संस्थाको १९ वटा शाखा र भक्तपुरको सल्लाघारीमा एक (१) एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेको छ । संस्थाले सेन्ट्रल स्मार्ट मोबाइल बैंकिङ्ग एप, एटीम डेबिट कार्ड, चेक क्लियरिङ्ग, आईपीएस, कनेक्ट आईपीएस, कर्पोरेट पे, रेमिट्यान्स सेवा, सी–आस्वा जस्तासेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्