‘प्रदेश–३ को राजधानी काठमाडौंमा हुने सम्भावना छैन’ «

‘प्रदेश–३ को राजधानी काठमाडौंमा हुने सम्भावना छैन’

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो प्रदेशको राजधानी हेटौंडैमा हुनुपर्ने भन्ने पक्षमा आफू नरहेको बताएका छन् । मुख्यमन्त्री पौडेलले प्रदेश ३ को राजधानी काठमाडौंमा भने हुन नदिने अडान उनको छ ।
बिहीबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले आफूले २०–२५ वर्षदेखि राजधानी काठमाडौंलाई व्यवस्थित बनाउन चाहेकाले पनि काठमाडौंमा प्रदेश ३ को राजधानी हुन नदिने निर्णयमा आफू पुगेको स्पष्ट पारे । उनले भने, “प्रदेशको राजधानी हेटौंडैमा हुनुपर्छ भन्ने पक्षमा म छैन । घर पायकको आधारमा राजधानी नरहने कुरा पक्कै हो ।” मुख्यमन्त्री पौडेलले नुवाकोट र रामेछापमा पनि राजधानी रहने सम्भावना रहेको औंल्याउँदै त्यसमा छलफल गर्न आफू तयार रहेको पनि स्पष्ट पारे । तर सिंहरदबारको छायाँमा भने प्रदेश ३ को राजधानी रहन दिनुहुँदैन भन्ने मान्यतामा आफू अडिग रहेको मुख्यमन्त्री पौडेलको भनाइ छ ।
मुख्यमन्त्री पौडेलले काठमाडौं बाहिरका क्षेत्रको विकास गर्न र काठमाडौंलाई व्यवस्थित बनाउन पनि प्रदेश ३ को राजधानी काठमाडौंमा बनाउन नहुने तर्क पनि गरे । उनले प्रदेशको राजधानी र नाम दुवै एकै दिन टुंगो लगाउने पनि बताए ।

 

प्रतिक्रिया दिनुहोस्