एनआईबीएल एस क्यापिटलको एकीकृत कारोबार सुरु «

एनआईबीएल एस क्यापिटलको एकीकृत कारोबार सुरु

एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेड र एस क्यापिटल लिमिटेड एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धमा यही कात्तिक २३ गते भएको सहमतिपत्रबमोजिम दुवै कम्पनीको मंसिर २९ गते सम्पन्न छुट्टाछुट्टै विशेष साधारणसभाको निर्णयबमोजिम कम्पनी रजिष्ट्रारको कार्यालयबाट माघ ११ गते स्वीकृति प्राप्त भएको आधारमा आइतबारदेखि एनआईबीएल एस क्यापिटल लिमिटेडको नामबाट एकीकृत कारोबार सञ्चालन भएको छ ।
यो मर्जरपश्चात् कम्पनीको चुक्ता पुँजी २७ करोड हुने र हालसम्मकै सबैभन्दा बढी चुक्ता पुँजी भएको धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर), १ लाख ४२ हजारभन्दा बढी हितग्राहीखाता, ४ वटा शाखा कार्यालय (थप ३ वटा खुल्ने क्रममा रहेको) र ३८ वटा कम्पनीको सेयर रजिष्ट्रार कार्यमार्फत करिब १० लाख सेयरधनीहरूलाई सेवा प्रदान हुने भएकाले यस सहकार्यपश्चात् हाल गर्दै आएको मर्चेन्ट बैंकिङ व्यवसायमा सकारात्मक असर पर्नुको अतिरिक्त हालको सेवाहरू अझ सुदृढ र सशक्त रूपमा विस्तार गर्दै नेपाली बजारमा आफ्नो विशिष्ट पहिचान बनाउन सकिने विश्वास कम्पनीले लिने विश्वास गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्