Logo

ज्योति क्यापिटलको अध्यक्षमा ढकाल नियुक्त

ज्योति क्यापिटल लिमिटेडको अध्यक्षमा कपिल ढकाल नियुक्त भएका छन् । सञ्चालक समितिको बैठकले ज्योति विकास बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत ढकाललाई क्यापिटलको अध्यक्षमा नियुक्त भएका हुन् । बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा करिब १५ वर्ष भन्दा बढीको अनुभव बोकेका ढकाल क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएका हुन् ।

प्रोफेसनल चार्टर्ड एकाउन्टेन्ट् रहेका ढकालसँग डिलोईट इन्डिया, आईसीआईसीआई बैंक इन्डिया, हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेको अनुभव छ । यसका साथै, उनले एनआईसी एसिया क्यापिटल तथा एनआईसी एसिया लघुवित्त वित्तीय संस्थामा समेत अध्यक्षको रुपमा काम गरिसकेका छन् ।

ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको यस क्यापिटलको चुक्ता पुँजी २१ करोड रहेको छ । यस क्यापिटलले चालु आ.व.२०७९/०८० को तेस्रो त्रैमाससम्म एक करोड २४ लाख ७१ हजार मुनाफा गरेको छ । हरेक ग्राहकको समृद्धिको ज्योति बन्ने अभिलाषा बोकेको यस क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमतिको लागि आवेदन गरी धितोपत्र बोर्डबाट पूर्वाधार तयार गर्ने पत्र प्राप्त गरी पूर्ण संचालनमा आउने क्रममा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्