कृषि र जडीबुटीमा लगानी गर्न राणाद्वारा उत्तराखण्डका व्यवसायीलाई आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले उत्तराखण्डका व्यवसायीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेकी छिन् । दोस्रो नेपाल–भारत व्यापार मेला तथा पर्यटन महोत्सव–२०१८ का अवसर अध्यक्ष राणाले व्यवसायीहरूलाई आग्रह गरेकी हुन् । निकासी योग्य वस्तुको पहिचान एवं बजार प्रबद्र्धन गर्ने, नेपालमा उत्पादित वस्तु÷सेवाहरूको बजार प्रबद्र्धन, नेपालका पर्यटकीय सम्पदाहरूको प्रचार–प्रसार, पर्यटकीय होटल, रिसोर्ट, टुर एन्ड ट्राभल्सलाई सहभागी गराई प्याकेज प्रवद्र्धन गर्ने, नेपाली उद्यमीलाई प्रतिस्पर्धी बनाउन सीप र ज्ञानको अनुभव आदान प्रदान गर्ने, उद्यमी व्यवसायीहरूलाई बजार पहुचको अवसर प्रदान गर्ने र नेपाल–भारतबीचको संस्कृति सम्बन्धलाई थप उजागर मुख्य उद्देश्य रहेको छ ।
कञ्चनपुर उद्योग वाणिज्य संघले निकासी जन्य एवं कृषिजन्य वस्तु भारत निकासीमा विस्तार गर्न गत वर्षदेखि देहरादुनमा मेला आयोजना गर्न लागेको हो । मेलामा ५६ वटा स्टलहरूमार्फत नेपाली कृषि उत्पादन, घरेलु तथा साना उद्योगहरूबाट उत्पादित वस्तुहरू प्रदर्शनी गरिएको छ । भारतको उतराखण्ड राज्यको देहरादुनमा सुरु भएको छ । यस वर्षको मेलाको मुख्य आकर्षणमा नेपाली राष्ट्रिय तथा स्थानीय उत्पादन र सेवाहरू, पर्यटकीय क्षेत्रहरूको विस्तृत जानकारी, टुर एन्ड ट्राभल्स प्याकेज, नेपालका मुख्य पर्यटकीय सम्पदाहरूको प्रचार–प्रसार, नेपाली कला संस्कृतिको प्रदर्शनी÷नेपाली खाद्य परिकारहरू छन् । आफ्ना सदस्य उद्योग वाणिज्य संघहरूमार्फत नेपालस“ग सिमाना जोडिएका अन्य भारतीय प्रदेशहरूमा समेत यस्ता मेलाहरू आगामी दिनमा गर्दै जाने योजना महासंघको छ ।
मेलाको उद्घाटन गर्दै उत्तराखण्ड राज्यका मुख्य मन्त्री रावतले नेपाल–भारतबीचको सांस्कृति, पारिवारिक, धार्मिक, आर्थिक सम्बन्ध संसारमै एक अनुपम रहेको बताए । उनले आफ्नो सरकारले नेपाल–भारतबीचको यातायात व्यवस्थालाई सजह र सबल बनाउन निरन्तर कार्य गरिरहेको जानकारी गराउनु हु“दै उत्तराखण्ड र नेपालबीचको धार्मिक सम्बन्ध निकै प्रगाढ रहेको समेत बताए । कार्यक्रमका सभापति एवं महासंघका अध्यक्ष भवानी राणाले दुई देशबीच आयोजना हुने यस्ता मेला महोत्सवले नेपाल भारतबीचको आर्थिक व्यापारिक, धार्मिक तथा जनस्तरको सम्बन्धलाई थप उचाइमा पु¥याउने बताइन् । अध्यक्ष राणाले उत्तराखण्ड, नेपालीका लागि समेत पवित्रस्थल भएकाले नेपाल र उत्तराखण्ड बीच धार्मिक पर्यटन प्रवद्र्धनमा समेत निकै ठूलो सम्भावना रहेको बताएकी छन् ।
नेपाल अब स्थिरता र समृद्धितर्फ अगाडि बढिरहेको, सरकार पनि विदेशी लगानी आकर्षणमा निकै गम्भीर रहेको र ऐन कानुन पनि वैदेशिक लगानी मैत्री रहेकाले कृषि, जलविद्युत, पर्यटन, उर्जा, साहसिक पर्यटनलगायतका क्षेत्रमा संयुक्त लगानीका लागि उत्तराखण्डका उद्यमी व्यवसायीहरू समक्ष आग्रह गरेकी छन् ।