Logo

विपद्बाट बच्न सचेतना अपनाइँदै

कञ्चनपुर-देशका विभिन्न भागमा वर्षासँगै आएको बाढी र पहिरोबाट जनधनको क्षति बढिरहेका बेला पश्चिम नेपालको सिमान्त जिल्ला कञ्चनपुर सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारीमा जुटेको छ ।स्थानीय तहदेखि यहाँका स्थानीय प्रशासन र गैरसरकारी संस्था विगतमा डुबान हुने गरेका बस्ती र नदीको तटीय क्षेत्रमा विभिन्न कार्यक्रममा साथ गाउँ पसेका छन् ।कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यको अध्यतामा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले यहाँका नौवटै स्थानीय तहसित समन्वय गरेर पूर्वतयारीमा जुटेको छ । “हामीले सबै स्थानीय तहलाई बाढी र डुबान हुन सक्ने क्षेत्रमा सुरक्षित बसोबासका लागि ठाउँ हेर्न पनि आग्रह गरेका छौं ।” कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले भने, “सबै सुरक्षा संयन्त्र पनि तयारी हालतमा बसेको छ ।”कञ्चनपुरको लालझाँडी गाउँपालिका र महाकाली नगरपालिकाका केही बस्ती वर्षात्पछि डुबानको उच्चजोखिममा रहेका छन् । महाकाली नदीको तटीय क्षेत्रका बासिन्दालाई पनि सचेतना अपनाइएको छ ।विपद् व्यवस्थापन समितिले महाकाली नगरपालिकाको कुतियाकवर, मायापुरी, जामुनघाडी, राप्ती टोललाई डुबान प्रभावित हुनसक्ने क्षेत्रमा राखेको छ । विगतमा भीमदत्तनगरपालिका–११ भुजेला वर्षात्मा बढी प्रताडित हुने गरेको थियो । तर पछिल्लो समय महाकाली नदी कटान नियन्त्रणका लागि तटबन्ध बनेपछि भुजेला सुरक्षित बनेको हो ।त्यसैगरी लालझाडी गाउँपालीकाको नन्द गाउँ, डुंगा, बल्मी, गौरी, होरीमोहना गाउँलाई पनि डुबान हुनसक्ने क्षेत्रमा राखिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । महाकाली नगरपालिकामा महाकाली नदी र जोगबुढा नदीमा आएको बाढीले डुबानले मुख्य समस्या पार्छ भने यहाँको दक्षिण क्षेत्रमा दोदा र मछेली नदीले बढी नोक्सान पु¥याउँदै आएको छ । मछेली नदीमा केही दिनअघि स्वचालित टेलिमेट्रिरिक सिस्टमसमेत जडान गरिएको छ । त्यसैगरी महेन्द्रनगरमा रहेको नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखाले पनि विपद्को बेला हुनसक्ने मानवीय क्षति न्यूनीकरणका लागि जिल्लाभरि रहेका संयन्त्र चनाखो राखेको छ । नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखाका कार्यालय प्रमुख मनोजप्रसाद उप्रेतीले बाढी आउँदा बढी क्षति हुने दक्षिण क्षेत्रमा नदी किनारमा १ वटा समूह बनाएर उद्दार तथा प्राथमिक उपचार तालिम दिएको बताए । उनले भने, “केही दिनअघि मछेली नदीको उद्गमस्थलमा पनि ‘वायोमेट्रिक सिस्ट्म’ जडान गरिएको छ ।” त्यस्तै समुदायलाई बढी प्रभावित गर्ने नदीहरूको पूर्व जानकारीका लागि नदीको मध्य विन्दुमा साइरन मेसिनसमेत जडान गरिएका छन ।कञ्चनपुरमा शनिबार बिहान बर्षा भएको थियो । तीन दिनदेखि यहाँको आकाशमा बादल लागेको भए पनि अहिलेसम्म भारी वर्षा भने भएको छैन । महाकाली नदीमा दार्चुलाको दत्तु र डडेल्धुराको परिगाउँमा गरी दुईवटा मेसिन जडान गरिएका छन् । परिगाँउबाट कञ्चनपुर पानी पुग्न करिब ८ घण्टा समय लाग्ने भएकाले त्यो समयमा बाढी प्रभावित क्षेत्रमा पूर्व तयारीको पर्याप्त रहेको जिल्ला रेडक्रस सोसाइटीले जनाएको छ । रेडक्रसको जिल्ला शाखामा दुई सय परिवार र क्षेत्रीय स्टोरमा चार हजार परिवारलाई पुग्ने गैरखाद्य राहत भण्डारण गरिएको कार्यालय प्रमुख उप्रेतीले जानकारी दिए ।जिल्ला प्रशासन कार्यालयको गत वर्षको तथ्यांकले वर्षात्का बेला जिल्लामा ६० हजारदेखि ६५ हजार जनसंख्या प्रभावित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्