Logo

हिमाल सफाइ अभियानमा नेपाली सेनासँग युनिलिभरको हातेमालो

युनिलिभरले ‘हिमाल सरसफाइ अभियान २०२३’ मा नेपाली सेनासँग हातेमालो गरेको छ । युनिलिभरको ‘विश्वलाई दिगो साझा बासस्थान बनाउने प्रतिबद्धता’को एक अंशका रूपमा युनिलिभरले नेपाली सेनासँग यस पहलमा हातेमालो गरेको हो । युनिलिभरले नेपालका लागि जे राम्रो छ, त्यसको पक्षमा उभिने र विश्वास गर्ने हुनाले हिमालयलाई फोहोरबाट स्वच्छ राख्न राष्ट्रिय सरसफाइ कार्यक्रमसँग युनिलिभरको यो तेस्रो सहकार्य भएको बताएको छ ।

हिमालको संरक्षण गर्ने र चुचुरो/हिमालहरू सरसफाइ गरी जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने उद्देश्यले बहुपक्षीय कार्यक्रम सञ्चालन गरिएको हो । यस वर्षको अभियानअन्तर्गत सगरमाथा, लोत्से, अन्नपूर्ण, बरुणत्से हिमालहरुको सफाइ गदैै ३५ टन फोहर संकलन गर्ने लक्ष्य राखेको छ । फोहरमुक्त विश्वको लागि चक्रीय आर्थिक प्रणालीको दृष्टिकोण युनिलिभरको रणनीतिको केन्द्रमा रहँदै आएको छ ।

फोहोरमैला व्यवस्थापनमा लापरवाहीले हिमालहरूको सौन्दर्यलाई तहसनहस पार्नुका साथै हाम्रो विश्वको वातावरणीय स्वास्थमाथि जोखिम उत्पन्न गरिरहेको छ । युनिलिभर पृथ्वीको वातावरणीय स्वास्थ्य सुधार गर्न प्रतिबद्ध रहेको बताइएको छ । प्लास्टिकको प्याकेजिङयुक्त फोहरको सम्बोधनका लागि कडा मेहनत गर्ने यसले उद्देश्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्