माछापुच्छ्रे बैंकले मनायो ग्लोबल मनि सप्ताह

माछापुच्छ्रे बैंकले वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापी रुपमा मनाउने ग्लोबल मनी वीक सप्ताह मनाएको छ । सो सप्ताहअन्र्तगत बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयमार्फत विभिन्न प्रकारका वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेर मनाएको हो ।
बैंकले देशका ७ वटै प्रदेशमा स्थानिय स्कुल, कलेज, क्लवहरुसँग समन्वय गरेर विभिन्न तहका विद्यार्थी, महिला तथा ज्येष्ठ नागरिकहरुलाई लक्षित गर्दै अन्तरक्रिया आयोजना गरेको थियो । बैंकले आम ग्राहकलाई लक्षित गर्दै यसअघि पनि विभिन्न समयमा विभिन्न माध्यममार्फत वित्तीय साक्षरता आयोजना गर्दै आएको थियो ।
हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।