सिद्धार्थ बैंकले मनायो ग्लोबल मनी वीक

सिद्धार्थ बैंकले ‘ग्लोबल मनी वीक २०२३’ वित्तीय साक्षरता कार्यक्रमहरूका साथै अन्य कार्यक्रमहरूको आयोजना गरी सम्पन्न गरेको छ । बैंकले २०२३ मार्च २० देखि २६ सम्म सप्ताहव्यापी अभियान आयोजना गरी ग्लोबल मनी वीक २०२३ मनाएको हो । ग्लोबल मनी विक २०२३ को थिम ‘प्लान योर मनी, प्लान्ट योर फ्युचरु र ग्लोबल मनी विकको स्थायी नारा ‘लर्न सेभ अर्न’ लाई सार्थक बनाउने प्रयास स्वरुप बैंकले देशको सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो ।
बैंकले कोसी प्रदेशमा १७ वटा, मधेश प्रदेशमा ८ वटा, बागमती प्रदेश (उपत्यका भित्र) मा ५१ वटा, बाग्मती प्रदेश (उपत्यका बाहिर) मा ७ वटा, गण्डकी प्रदेशमा ४ वटा, लुम्बिनी प्रदेशमा ५ वटा, कर्णाली प्रदेशमा एउटा र सुदूरपश्चिम प्रदेशमा ५ वटा गरी कुल ९८ वटा विभिन्न स्थानहरूमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । जसमा २ हजार ११८ जना महिला र २ हजार ७२ जना पुरुष गरी कुल ४ हजार १९० जनाको सहभागिता रहेको थियो ।
यसैगरी, बैंकले सामाजिक सञ्जालको माध्यमबाट वित्तीय चेतना जोगाउने उद्देश्यले फेसबुकमा सात दिन दैनिक क्विज प्रतियोगिता र टिकटकमा ‘बैंकमा बचत गर्नुका फाइदाहरू’ को शीर्षकमा भिडियो कन्टेस्ट आयोजना गरेको थियो । बैंकले देशका सम्पूर्ण व्यक्तिमा वित्तीय सेवाको पहुँच पुर्याउने र हरेक वर्ग र क्षेत्रका मानिसलाई वित्तीय चेतना प्रदान गरी वित्तीय सशक्तीकरण गर्ने उद्देश्यले सो कार्यक्रमहरू सञ्चालन गरेको जनाएको छ ।