भायानेटको एक्सजीएस फाइबर टेक्नोलोजीमा आधारित इन्टरनेट सेवा «

भायानेटको एक्सजीएस फाइबर टेक्नोलोजीमा आधारित इन्टरनेट सेवा

इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसनले नवीनतम एक्सजीएस फाइबर प्रविधिमा आधारित २ जीबीपीएस एक्सट्रिम प्याकेजमार्फत नेपालकै पहिलो मल्टि–गिग इन्टरनेट सार्वजनिक गरेको छ । यो अत्याधुनिक प्रविधिको साथ भायानेट कम्युनिकेसनले देशको इन्टरनेट क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य राखेको छ ।

एक्सजीएस पीओएन अर्थात् १०–गिगाबिट सिमिट्रिकल प्यासिभ नेटवर्क अत्यन्त नयाँ फाइबर–अप्टिक ब्रोडब्यान्ड टेक्नोलोजी हो। यसले १० जीबीपीएससम्मको डाउनलोड र अपलोड स्पिड प्रदान गर्दछ। हाल इन्टरनेट वितरणको लागि प्रयोग गरिने मुख्य विधि गिगाबिट प्यासिभ नेटवर्कमा आधरित छ ।

हाल, गिगाबिट प्यासिभ अप्टिकल नेटवर्क (जीपीओएन) प्रविधि इन्टरनेट वितरणको लागि प्रयोग गरिने प्राथमिक विधि हो जसको अधिकतम डाउनलोड गति २.४ जीबीपीएस र १.२ जीबीपीएसको अपलोड गति छ । अब एक्सजीएस पीओएनको लन्चसँगै ग्राहकहरूले १० जीबीपीएससम्मको सिमिट्रिक अपलोड र डाउनलोड स्पिड प्राप्त गर्न सक्नेछन् ।

भायानेट कम्युनिकेसनले नेपालको पहिलो २ जीबीपीएस इन्टरनेट सेवा उपलब्ध गराउन यो प्रविधि छनोट गरेको हो । एक्सजीएस पीओएनमार्फत कम्पनीले नेपाललाई इन्टरनेटको नयाँ युगमा प्रवेश गराउने विश्वास लिएको छ । अब ग्राहकले तीव्र गतिको डाउनलोड र अपलोडका साथै सिमलेस स्ट्रिमिङ र उत्कृष्ट गेमिङको अनुभव लिन सक्नेछन् ।

यसले कम्पनीलाई भर्चुअल रियालिटी, हाई रिजोलुसन भिडियो स्ट्रिमिङ, मल्टि–डिभाइस भिडियो स्ट्रिमिङ र क्लाउड कम्प्युटिङ जस्ता नयाँ–नयाँ इन्टरनेटको प्रयोगको लागि तयार राख्ने छ । हालका लागि नयाँ एक्सजीएस फाइबर प्रविधिमा आधारित उत्पादनको एक्सजीएस एक्सट्रिम लाइन अप काठमाडौं उपत्यकाका चुनिएका क्षेत्रहरूमा मात्र उपलब्ध छ ।

यद्यपि भायानेट छिट्टै आफ्ना एक्सजीएस उत्पादनको कभरेज उपत्यकाभरी बनाउन प्रतिबद्ध रहेको छ । भायानेट कम्युनिकेसन नेपालमा अत्याधुनिक प्रविधि र उत्कृष्ट सेवा उपलब्ध गराउन सधैं प्रतिवद्ध रहेको छ र एक्सजीएस एक्सट्रिम भायानेटले विगतमा ल्याएका केही अग्रगामी आविष्कारको निरन्तरता हो ।

सन् २०११ मा भायानेटले नेपालमा पहिलो पटक फाइबर–टू–द–होम प्रविधि ल्याएर देशको इन्टरनेटको क्षेत्रमा परिवर्तन ल्यायो । त्यस्तै सन् २०१६ मा नेपालको पहिलो आईपीटीभी सेवाको सुरुवातसँगै यसले नेपालीहरूको टिभी हेर्ने अनुभवलाई सदाका लागि परिवर्तन गर्‍यो । कम्पनीले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सेवाहरू प्रदान गर्न उन्नत प्रविधि र पूर्वाधारमा लगानी जारी राख्ने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्