जुम्लामा वल्र्डलिंकको उच्च गतिको फाइबरनेट

निजी क्षेत्रको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले जुम्लामा उच्च गतिको फाइबर इन्टरनेट सेवा शुभारम्भ गरेको छ । वल्र्डलिंकले जुम्ला सदरमुकाम खलंगामामा काठमाडौंकै गुणस्तर बराबरको एफटीटीएच फाइबर इन्टरनेट सेवा सुरु गरेको हो ।
यससँगै जुम्लामा तारसहितको फाइबर इन्टरनेट सेवा विस्तार गर्ने पहिलो कम्पनी वल्र्डलिंक बनेको छ । जुम्लालाई उच्च गतिको इन्टरनेटबाट जोड्न पाउँदा हर्षित भएको वल्र्डलिंकका अध्यक्ष दिलीप अग्रवालले बताए । काठमाडौंकै गतिको इन्टरनेट जुम्लामा सुरुवात भएको र अब यसले सिंगो कर्णाली प्रदेशलाई जोड्ने अध्यक्ष अग्रवालले बताए ।
जुम्लामा फाइबर इन्टरनेट सुरुवात व्यापार मात्रै नभएर देश जोड्ने अभियान भएको पनि अग्रवालले बताए । “जुम्लामा वायरलेस इन्टरनेट थियो, अब हामीले फाइबरनेट इन्टरनेट ल्याएका छौं । संसारकै उच्च गतिको इन्टरनेट जुम्ला र पुरै कर्णालीमा पुर्याइनेछ” अध्यक्ष अग्रवालले भने, “यसको लाभ कर्णाली बासीलाई हुनेछ । हामी नाफा कमाउनु भन्दा पनि कर्णालीलाई संसारसँग जोड्न चाहन्थ्यौं, सफल भयौं ।”
वल्र्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले झण्डै ५ वर्षको मेहनतबाट वल्र्डलिंकले यो सफलता पाएको बताए । उनकाअनुसार कम्पनीले जुम्ला सदरमुकाममा उच्च गतिको फाइबर इन्टरनेट चलाउनका लागि १५ करोड रुपैयाँ भन्दा धेरै लगानी गरेको बताए । इन्टरनेट सेवा विस्तारमा सरकार भन्दा अघि आफूहरु जुम्लान आउन सकेको भन्दै नेपालले अब कर्णाली प्रदेशलाई पनि आफूहरुले फाइबर नेटले जोड्ने बताए ।
“अहिले एउटा सञ्जालबाट जोडिएको फाइबर नेट छिट्टै दोहोरो सञ्जालबाट जोडेर सेवा गुणस्तर थप विश्वसनिय बनाउने छौं” उनले भने । वल्र्डलिंकको लगानी हिस्सेदार बेलायती सीडीसी ग्रुपका अध्यक्ष नार्गाजुनाले नेपालका दुर्घम भूगोलामा इन्टरनेट सेवा बिस्तारले आफूहरु हर्षित भएको बताए । सिंङ्गो नेपाललाई गुणस्तरीय इन्टरनेटसँग जोड्न आफूहरु सधैँ वल्र्डलिङको साथमा रहेको बताए ।
वल्र्डलिङ जुम्ला शाखाकाअनुसार निकै ठूलो मेहनत पछि गत असारमा पहिलो पटक त्यहाँ पहिलो पटक एफटीटीएच फाइबर इन्टरनेट सेवा परिक्षण गरिएको थियो । जुम्ला बजारमा मात्रै ५ सय घरधुरीले याने इन्टरनेट सेवा लिइरहेका छन् । जुम्लामा अन्य इन्टरनेट सेवा प्रदायकको फाइबरनेट सेवा पुर्याउन सकेका छैनन् ।