Logo

प्रभु स्मार्ट फण्डमा १.५५ गुणा बढीको आवेदन

प्रभु स्मार्ट फण्डले निष्कासित गरेको सेयरमा १.५५ गुणा बढीको आवेदन परेको छ । प्रभु स्मार्ट फण्डले निष्काशन गरेको कुल ८ करोड इकाईमध्ये कोष प्रवर्द्धक प्रभु बैंकले १ करोड १२ लाख इकाई र कोष व्यवस्थापक तथा डिपोजिटरी प्रभु क्यापिटलले ८ लाख इकाई सुरक्षित गरेका छन् ।

यसबाहेक ६ करोड ८० लाख सेयर सर्वसाधारणका लागि जारी गरेकामा यसको १.५५ गुणा बढी परेको हो । प्रभु स्मार्टका अनुसार संस्थासहित सर्वसाधारणबाट १० करोड ५२ लाख ९६ हजार २ सय इकाईका लागि सेयर आवेदन परेको छ ।

उक्त आवेदन सर्वसाधारणलाई छुटयाएको भन्दा १.५५ गुणा बढी हो । १० वर्ष अवधि रहेको बन्दमुखी योजना प्रभु स्मार्ट फण्डलाई केयर नेपाल लिमिटेड लेरेटिङ प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्