शक्तिखोर सेनाको वृक्षरोपण «

शक्तिखोर सेनाको वृक्षरोपण

चितवन- राष्ट्रिय वृक्षरोपा दिवसको अवसर पारेर शनिबार नेपाली सेनाको सिंहनाथ गण कमाण्डोको हेडक्वाटर शक्तिखोर ब्यारेक चितवनले वृक्षरोपण कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, रक्षा सचिव रेश्मीराज पाण्डे, सैनिक हेडक्वाटरका उच्च पदस्थ रथीहरु, प्रधानमन्त्री कार्यालयका सहसचिव तथा नेपाल सरकारका एक नेपाली एक फलफूल बिरुवा कार्यक्रमका संयोजकलगायत अन्य अधिकृतले विभिन्न जातका फलफूलका बिरुवा रोपेका थिए ।
कार्यक्रममा प्रदेश सभा सदस्य केशव स्थापित, कालिका नगरपालिका तथा रत्न नगरपालिकाका नगर प्रमुखहरु क्रमशः खुम नारायण श्रेष्ठ तथा नारायण बन, चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलगायत सरकारी कार्यालयका प्रमुखहरु, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल चितवनका प्रमुखहरु, उद्योगी, व्यवसायी, समाजसेवीले पनि बिरुवा रोपेका थिए ।

प्रतिक्रिया दिनुहोस्