धर्म, संस्कृति र परम्पराको जगेर्ना गरौं «

धर्म, संस्कृति र परम्पराको जगेर्ना गरौं

राजधानीमा आज तपाईं–हामीले देख्दै आइरहेको, धार्मिक, मौलिक, सांस्कृतिक तथा विभिन्न पर्वका रूपमा मनाउँदै आइरहेको विभिन्न जात्राले हामीमाझ देशको अस्तित्व, धार्मिक सहिष्णुतालगायत आत्मीयता गाँस्दै आइरहेको अवस्था छ । इन्द्रजात्रा, भोटो जात्रा, बिस्केट जात्रा अर्थात् सिन्दूर जात्रा, तौमती जात्रा, रातो मछिन्द्र, सेतो मछिन्द्रनाथ, कुमारी जात्रालगायत दर्जनौं जात्रा रहेको यस राजधानीमा विभिन्न जात्राको आ–आफ्नै विशेषता झल्कने र धार्मिक तथा सांस्कृतिक पक्षको जगेर्ना गर्ने भएकाले आजसम्म पनि यसको अस्तित्व जीवितै छ र यी पर्वको जगेर्ना गर्नु पनि उत्तिकै महŒवपूर्ण छ । धार्मिक–सांस्कृतिक पर्वको जगेर्ना भए मात्र हामी नेपाली भनेर गर्व गर्न सक्छौं ।
जात्रा मनाउन पनि उत्तिकै गाह्रो पर्न जान्छ । जात्राको तयारीमा लाग्ने खर्च मठमन्दिर सिँगारपटार, पाहुना तथा भक्तालुहरूलाई भोजको व्यवस्था, जात्राको खट निर्माण, देवीदेवताको संरक्षणलगायत महŒवपूर्ण सामानहरू जुटाउनुपर्ने भएकााले यसमा लाखौं रुपैयाँभन्दा बढी खर्च लाग्छ । ‘सबै हात एकसाथ’ भनेजस्तै गुठी संस्थानमा जम्मा भएको रकम अनि एकआपसमा सहकार्य गरी उठाएको रकम र मठमन्दिरमा चढाएको केही रकमबाट जात्राजस्तो महŒवपूर्ण चाड मनाउने गरिन्छ । जात्रा मनाउन गुठी संस्थानले महŒवपूर्ण भूमिका निर्वाह गर्ने भएकाले गुठी संस्थानको जगेर्ना गर्नु पनि उत्तिकै महŒवपूर्ण हुन्छ ।
जब गुठी संस्थान छ र राजधानीलगायत देशमा जात्रा मनाउन, परम्परा धान्न, संस्कृति जोगाउन सकिन्छ । गुठी नै नहुँदा जात्रा कसरी मनाउने ? पर्वको संरक्षण कसरी गर्ने ? धार्मिक सहिष्णुता कसरी कायम गर्ने ? हामी नेपाली भनेर कसरी विश्वसामु परिचित हुने ? धेरै कुरा जात्रा, पर्वले समेट्ने हुँदा यसको जगेर्ना गर्नु जरुरी हुन्छ । परापूर्व कालदेखि सुरु भएको पर्व, जात्राको पहिचान आजसम्म पनि जीवितै छ ।
केही दिनअघि सरकारले गुठी संस्थानलाई खारेज गर्ने भन्ने जुन अभिव्यक्ति आएदेखि देशमा कतै गुठीको महिमाप्रति त आँच आउने षड्यन्त्र त सिर्जना हुँदै छैन भन्ने आममानिसको जिज्ञासा रहेको छ । यदि गुठी संस्थानलाई खारेज गर्ने हो भने देशमा कुनै पनि धार्मिक, मौलिक चाडपर्वको अस्तित्व नरहने आमसर्वसाधारणको भनाइ छ । “आजसम्म हामी विभिन्न जात्रा मनाउँदै आइरहेका छौं, हो त्यही गुठी संस्थानबाटै चल्दै आइरहेका छौँ र अनन्त कालसम्म पर्व तथा जात्राको संरक्षण गर्छौं,” गुठी संस्थानका एक कर्मचारीले भन्छन् ।
त्यसैले गुठी संस्थानको विषयलाई लिएर सरकारले यस्ता निन्दनीय कदम नचाल्दा नै ठीक हुन्छ । गुठी संस्थानलाई सबैले आ–आफ्नो ठाउँबाट जगेर्ना गरौं, देशको अमूल्य पर्वको जगेर्ना गरौं । धार्मिक, सांस्कृतिक आपसी मेलमिलाप सदाझैं कायम गरौं । आन्दोलनरत सम्पूर्ण जनताको सरकारले तदरुकताका साथ माग सम्बोधन गरून् । अराजक, गतिविधि हुनबाट सरकारले चाँडोभन्दा चाँडो माग सम्बोधन गरून् । सबै नेपाली जनताको आग्रह छ, गुठी संस्थानको जगेर्ना गरौं र धार्मिक, सांस्कृतिक तथा मौलिक चाडपर्व, जात्राको संरक्षण गरौं ।
हामी विश्वसामु परिचित हुँदा पनि सगरमाथाको देश, गौतम बुद्धको देश अनि धार्मिक, सांस्कृतिक तथा पुरातात्विक संरक्षणले भरिपूर्ण भएको र सुन्दर प्राकृतिक हरियाली भएको भन्छौं । यति राम्रो हाम्रो देश नेपाल रहे मात्र हामी रहन्छौं । नेपाल रहनका लागि धर्म–संस्कृति मात्र नभई हामीले प्राकृतिक स्रोतसाधनको पनि उत्तिकै जगेर्ना गर्न सक्नुपर्छ । प्राकृतिक स्रोत हराभरा तथा संरक्षण भए विदेशी तथा आन्तरिक पर्यटकको आगमन हुन्छ र अझ देशको गौरव बढ्छ । साथै आपसी सद्भाव, मेलमिलाप अनि भाइचाराको सम्बन्ध सुमधुर भए यो देशलाई अझ राम्रो बनाउन टेवा मिल्छ ।
— गोविन्द चापागाईं

प्रतिक्रिया दिनुहोस्