Logo

उद्योग वाणिज्य संघद्वारा प्रजिअ ढकाललाई बिदाइ

वीरगञ्ज उद्योग वाणिज्य संघले एक समारोहका बीच पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको बिदाइ समारोह सम्पन्न गरेको छ । वीरगञ्जमा आयोजित बिदाइ समारोहमा संघका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले प्रजिअ ढकालको करिब १५ महिनाको कार्यकालमा पर्सा जिल्लाको शान्ति सुरक्षा, प्रशासनिक एवम् सामाजिक सुधारका कार्यहरु प्रशासनीय रहेको बताए ।

उनले पर्सेलीहरुको अभिभावकको रुपमा रही समग्र जिल्लालाई शान्ति सुरक्षा लगायत विकासका कार्यक्रमहरुमा पनि महत्वपूर्ण योगदान पुर्‍याएको कुरा व्यक्त गरे । अध्यक्ष डा. गुप्ताले उद्योग वाणिज्य संघ र प्रजिअको सम्बन्ध सदैव प्रगाढ रहने बताउँदै पर्सामा सामाजिक कुरीति र विसंगति न्यूनीकरण गर्नमा खेल्नु भएको भूमिका पर्साबासीमा सधैं अविस्मरणीय रहने कुरामा जोड दिए ।

बिदाइ समारोहमा प्रजिअ ढकालले वीउवा संघद्वारा पर्सा जिल्लाको मात्र नभइ नेपालकै आर्थिक विकासमा टेवा पुर्‍याउने गरी खेलेको भूमिका अत्यन्तै सराह्नीय रहेको बताउँदै वीउवा संघसँगको सामूहिक सहकार्य तथा संघबाट पाएको सल्लाह, सुझाव, सहयोग एवम् समन्वयले कार्य सम्पादन सहज भएको धारणा व्यक्त गरे ।

उनले पर्साको सुरक्षा व्यवस्था प्रभावकारी बनाउने प्रति संघबाट नै भएको पहल र सल्लाह सुझावप्रति  आफू सदैव संवेदनशील रहेको विचार व्यक्त गरे । प्रजिअ ढकालले कुनै ठूलो कार्यक्रममा कुनै किसिमको आपराधिक गतिविधि हुन नदिन सुरक्षाको लागि आफू पनि तटस्थ रहेको बताउँदै स्थानीयहरुको समस्या र पिर मर्कालाई पनि गहन रुपमा लिएर अगाडि बढेको बताए ।

कार्यक्रममा सहायक प्रजिअद्वय महेशराज तिमिल्सिना र भीमकान्त पौडेल, प्रहरी उपरीक्षक कोमल शाह, नेपाल उद्योग वाणिज्य महासंघ–मधेश प्रदेशका अध्यक्ष गणेशप्रसाद लाठ, वीउवा संघका पूर्वअध्यक्ष अशोककुमार वैध, वीउवा संघ निवर्तमान अध्यक्ष गोपाल केडिया, वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्ष माधव राजपाल, कोषाध्यक्ष गोविन्द शाह, संघका पदाधिकारी, का.स.स., उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्