नेपाली कफीको जातीय अध्ययन «

नेपाली कफीको जातीय अध्ययन

नेपाली कफीको जातीय अनुवांशिक अध्ययन गरेको छ । नेपालको कफीको उत्पादकत्व तथा जलवायु परिवर्तन अनुकुलनमा सुधार ल्याउन उद्देश्यले युरोपियन युनियनको सहयोगमा इयु नेपाल व्यापार तथा लगानी कार्यक्रममार्फत अन्तर्राष्ट्रिय व्यापार केन्द्रको प्राविधिक सहयोगमा यो अध्ययन गरेको हो ।

नेपालमा रहेका कफीका जातको बारेमा गरिएको कफी जिनोटाइप डिएनए सिक्वेन्सिङ अध्ययन प्रतिवेदनले वातावरण, कफी खेती, कफी भित्र्याएपछिका अभ्यास तथा कफीका आणुवांशिक वा जातीय भिन्नताले कफीका बोटको उत्पादकत्व, जलवायु परिवर्तन अनुकुलनमा प्रभाव पार्ने क्षमता तथा कार्वन फुटप्रिन्ट नियन्त्रण मलखादको प्रयोग प्रभावकारिता हुने देखाएको छ ।

प्रतिवेदनले नेपालमा एकै किसिमको आणवांशिक पृष्ठभूमिको कफीको जातमा मात्र भरपर्दा आउने दिने जोखिम न्यूनीकरण गर्न नेपालले आणुवांशिक भूपरिदृश्यमा विविधता ल्याउनु पर्ने सुझाव दिएको छ । अनुसन्धानको क्रममा देशका १३ वटा कफी नर्सरीबाट २६ जातका कफीको १०४ वटा नमुना संकलन गरिएका थिए । नेपालमा रहेका कफीका जातहरूबारे राम्रोसँग बुझ्न तथा उच्च सम्भावना भएको कफी जातीको छनौट, कलमी तथा क्लनिङमा सुधारका उपायहरूको खोजीमा यो अध्ययन सहयोगी भएको छ ।

किसानहरूलाई कफीका विरूवाहरू वितरण गरिरहेका सारकारी तथा निजी नर्सरीहरूबाट अध्ययनका लागि नमुना बिरूवा संकलन गरिएका थिए । अनुसन्धानले समेटेकामध्ये ७० प्रतिशत नमुना बोर्बोन आणुवांशिक पृष्ठभूमिका रहेको र निजी नर्सरीबाट संकलन गरिकामध्ये ९८ प्रतिशत बोर्बोन आणवांशिक छन् । उक्त अध्ययन प्रतिवेदनले ‘बोर्बोन जात’हरू जलवायु उत्थानशील रहेको र साना किसानहरूका लागि अनुकुल रहेको उल्लेख गरेको छ ।

“आणवांशिक एकरूपता नेपालका लागि फाइदाजनक भए पनि यस जातका कफी छिटो कुहिने खालको भएकाले नेपालका लागि यो ठूलो जोखिम पनि हो” प्रतिवेदन अगाडि भन्छ, “ठूलोमात्रामा बोर्बोन कफीमा भरपर्दा कुहिने रोगको महामारी निम्तिन सक्छ जुन अघिल्लो दशकमा ल्याटिन अमेरिकामा देखिएको थियो ।” यो प्रतिवेदनले सरकारी नर्सरीहरूले आणवांशिक विविधता काम गरिरहेको देखाएको छ ।

अध्ययनको क्रममा संकलन गरिएका नमुनामध्ये ८० प्रतिशत परम्परागत अरेविका जातका भेटिएका थिए । कुल नमुनामध्ये ७१ प्रतिशत बोर्बोन जात, १६ प्रतिशत इन्ट्रोग्रेस्ड (मिश्रित) जात र ३ प्रतिशत इथियोपियिन पृष्ठभूमिका थिए । नेपाल कृषि अनुसंधान परिषद (नार्क) वरिष्ठ वैज्ञानिक जीतनारायण चौधरीले नेपालमा किसानले स्थानीय स्तरमै कफीको आफ्नै तरिकाले नाम दिने गरेको बताए । उनले आधिकारीक रूपमा कफीको जातको नामकारण नभएको जानकारी दिए । नेपालमा उपलव्ध भएका कफीका आणवांशिक जातका बारेमा पहिचान गर्न उक्त अध्ययन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्